पर्सा । राजन कुमार बानिया । पर्साको कालिकामाई गाउँपालिकाले महामारी आकस्मिक रोग नियन्त्रण कार्यक्रमअन्तर्गत डेगो लगायत किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा प्रत्येक वडामा पुगेर जमेको पानी र नालामा लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी स्प्रे गरिएको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले जानकारी दिए ।
अभियानमा संयोजक धिरज कुमार साह, जगदीश महतो केवट, रमिता कुमारी चौरसिया लगायतका स्वास्थ्यकर्मी र कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । गाउँपालिकाले नियमित रूपमा यस्ता अभियान सञ्चालन गर्दै स्थानीयवासीलाई सचेत रहन पनि आग्रह गरेको छ ।