वीरगंज | म्याग्दी प्रहरीले कर्तव्य ज्यान र ज्यान मर्ने उद्योगको फरार अभियुक्तलाई २२ वर्षपछि पक्राउ गरेको छ ।
जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामका ४० वर्षीय खिमबहादुर गर्बुजालाई पोखरा महानगरपालिका–१९ लामाचौरबाट पक्राउ गरिएको हो । अभियुक्त गर्बुजालाई बि.स २०६८ साल जेठ ११ गते जिल्ला अदालत म्याग्दीबाट २० वर्षको सजाय फैसला भएको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलका अनुसार जिल्ला प्रहरीका अनुसार बि.स २०६० सालमा दग्नाममा भएको हत्यामा संलग्न थिए। पक्राउ परेका गर्बुजालाई आवश्यक कारबाहीको लागि म्याग्दी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।