• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

  • वीरगंज संजाल
  • १७ असार २०८२, मंगलवार १६:५५
  • १८५

    वीरगंज | समुदायलाई हिमताल विस्फोटनबाट हुने बाढीबाट बचाउन नेपालले हरित जलवायु कोष (जिसिएफ) बाट झन्डै ५ अर्ब रुपैयाँ (३ करोड ६२ लाख अमेरिकी डलर) बराबरको अनुदान प्राप्त गर्ने भएको छ। पपुआ न्यू गिनीमा जारी कोषको ४२औं बोर्ड बैठकले यो सहयोग अनुमोदन गरेको हो। यो सहयोग जिसिएफले मान्यता दिएको निकाय (एक्रीडेटेड इन्टिटी) यूएनडिपीमार्फत नेपाललाई उपलब्ध भएको हो। कोषको ५ अर्ब रुपैयाँ सहयोग र थप झन्डै २ अर्ब रुपैयाँ (१ करोड ४० लाख अमेरिकी डलर) बराबरको अन्य निकायको सह-लगानीसहित यो परियोजना झन्डै ७ अर्ब रुपैयाँ बराबरको हुनेछ। नेपाल सरकार, यूएनडिपी र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले यो परियोजनमा सहलगानी गर्नेछन् । यसबाहेक परियोजनाले समेटेका स्थानीय सरकारसहित अन्य सम्बद्ध विभाग, निकाय तथा मन्त्रालयले पनि परियोजनमा थप समान्तरीय लगानी (प्यारलल फाइन्यान्सिङ) गर्ने जिसिएफले जनाएको छ।

    परियोजनाअन्तर्गत हिमताल विस्फोटबाट हुने भौतिक क्षति रोक्न, सर्वसाधारणको जीवनयापनलाई सुरक्षित गर्न, जलवायुजन्य परिवर्तनबाट आउने बाढीबाट तल्लो नदी तटका समुदायलाई सुरक्षित राख्ने कार्यहरू सञ्चालन हुनेछन्। संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई हिमनदी संरक्षणका लागि अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउँदै गर्दा नेपालले यो अत्यन्त महत्त्वपूर्ण परियोजना हात पारेको छ। यूएनडिपीसँगको साझेदारीमा जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा यो ७ वर्षे परियोजना सञ्चालन हुने यूनडीपी नेपालले जनाएको छ। यो परियोजनाले जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्र (बेसिन) का २३ लाख सर्वसाधारणलाई सुरक्षित राख्न सहयोग गर्नेछ। नेपालको इम्जा हिमताललाई यसअघि विस्फोटनका जोखिमबाट बचाउन सम्भव भएको सफल अभ्यासलाई आधार मानेर यो परियोजनाको परिकल्पना गरिएको छ। विस्फोटको संघारमा रहेको इम्जा तालको पानीको सतहलाई नियन्त्रित निकासमार्फत ३.४ मिटरले घटाइएको थियो र हिमाली क्षेत्रको सबैभन्दा जोखिमपूर्ण स्थलमा रहेको आसन्न विपति टारिएको थियो।

    परियोजनाअन्तर्गत चारवटा उच्च जोखिमयुक्त हिमतालहरूको पानीको सतह घटाउने र पूर्वचेतावनी प्रणाली विस्तार गर्ने कार्य गरिनेछ। यसैगरी प्रकृतिमा आधारित समाधानअन्तर्गत १५० हेक्टरभन्दा बढी क्षेत्रमा रुखहरू रोपेर नदी किनारहरू सुदृढ गरिनेछ भने विपद् तयारी र जलवायु अनुकूलन क्षमता बढाउने कार्यक्रम पनि सञ्चालन गरिनेछ। हिमालय तात्दै गर्दा सिर्जना भएको संकट सम्बोधन गर्ने दिशामा यो ‘तत्कालको आवश्यकता र दूरदर्शी कार्य’ दुबै रहेको यूएनडिपी नेपालले जनाएको छ। ‘नेपाल सरकारको नेतृत्वमा र विश्वव्यापी ऐक्यबद्धताद्वारा निर्देशित भएर यो विज्ञानमा आधारित परियोजना सञ्चालन हुनेछ,’ यूएनडीपी नेपालले आफ्नो फेकबूक पेजमा मङ्गलबार भनेको छ। झन्डै १ अर्ब ३० करोड अमेरिकी डलर रकम बराबरका कूल १९ परियोजनाहरू स्वीकृतिका लागि पपुआ न्यू गिनीमा जारी बैठकमा प्रस्ताव गरिएको छ। सोमबारदेखि सुरु भएको हरित जलवायु कोषको उक्त बोर्ड बैठक बिहीबारसम्म चल्नेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑