काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट शनिबार सशस्त्र प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने ३५ वर्षीय गणेश शर्मालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
बीआर ५० एए ८३६७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले शङ्का लागि जाँच गर्दा उनको साथमा प्लास्टिकले बरेर राखिएको ६।६ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको थियो ।
नियन्त्रणमा लिएका शर्मालाई बरामद लागूऔषतसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।