• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असुरक्षित बन्दै सप्तरी, रोकिएन शृङ्खलाबद्ध हत्या

  • वीरगंज संजाल
  • १३ असार २०८२, शुक्रबार १२:१२
  • ३४१

    सप्तरी । सप्तरीमा शृङ्खलाबद्ध हत्याको घटना घटेपछि जिल्लाका सर्वसाधारण असुरक्षित महशुस गर्न थालेका छन् । पछिल्लो पटक जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ का छेदीलाल खंगको ३२ वर्षीय छोरा राज कुमार खंगको घाँटी रेटी हत्या गरेको अवस्थामा जिल्लाको राजगढ गाउँपालिका ४ पिप्राहीको पोखरी छेउमा बिहीबार शव फेला परेको छ । किन कसले हत्या गरेको विषयमा अहिलेसम्म खुल्न सकेको छैन् । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    गत जेठको दोस्रो हप्ता जिल्लाकै सुरूङ्गा नगरपालिका ८ मल्हनमामा पाँच/छ जना डाकाहरुको समूहले गोली र धारिलो हतियार प्रहार गरी स्थानीय ५६ वर्षीय कान्तलाल चौधरीको हत्या गरेका थिए । उहाँको भाई पर्नेले भागेर ज्यान जोगाउनुभएको थियो ।

    सप्तरी प्रहरीले खंग र चौधरीको हत्याको विषयमा थप अनुसन्धान गर्न र दोषीलाई पक्राउ गर्न तालिम प्राप्त कुकुरको सहयोग लिएपनि अहिलेसम्म दोषी पक्राउ पर्न सकेका छैन । गत वैशाख १ गते राति घरबाटै बेपत्ता भएकी सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर राम टोलकी २० वर्षीया पूजा कुमारी राम भोलिपल्ट शङ्कास्पद अवस्थामा मृत भेटिनुभएको थियो । घरबाट तीन सय किलोमिटर पर हत्या गरेर फालिएको अवस्थामा फेला उहाँको शव फेला परेको थियो ।

    घरबाटै बेपत्ता पूजाको हत्या भए पनि अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन ।

    सप्तरीमा एकपछि अर्को हत्याको घटना हुँदा समेत अपराधी पक्राउ पर्न नसक्दा सर्वसाधारण त्रसित भएको स्थानीयको भनाइ रहेको छ ।

    पछिल्लो चार वर्षमा ५५ कर्तव्य ज्यानको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा १० वटा कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ । जसमध्ये ६ पुरूष र चार महिला रहेका छन् ।

    आ.व २०८०/०८१ मा १७ मुद्दा दर्ता भएको छ । जसमध्ये ११ पुरूष र ६ महिला रहेका छन् । २०७९/०८० मा पनि १४ मुद्दा दर्ता भएकोमा आठ पुरूष र ६ जना महिला रहेका छन् । यसैगरी, २०७८/०७९ मा पनि १४ मुद्दा दर्ता भएकोमा नौ पुरूष र पाँच महिला रहेका छन् ।

    घटनामा संलग्न ५८ जना प्रतिवादी पक्राउ परेका छन् । ५४ जना प्रतिवादी अझै फरार रहेपनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवम् प्रवक्ता जितेन्द्र बस्नेत जानकारी दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑