• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालिकामाथि यौनहिंसा वृद्धि

  • वीरगंज संजाल
  • १३ असार २०८२, शुक्रबार १२:११
  • ४२१

    धनगढी । कैलालीको टीकापुरमा गत चैतमा एक विद्यालयको कक्षा ९ मा अध्ययनरत किशोरले २ कक्षामा पढ्ने सात वर्षीय बालिकालाई विद्यालयमै बलात्कार गरेको आरोप लाग्यो । विद्यालय छुट्टी भएर अरू विद्यार्थी कोठाबाट निस्किसकेका बेला ती किशोरले बालिकामाथि कक्षाकोठामै जबरजस्ती गरेका पीडित पक्षको आरोप थियो ।

    महिला तथा किशोरी अधिकारको क्षेत्रमा पैरवी गर्ने संस्था महिला पुनस्र्थापना केन्द्र (ओरेक) का अनुसार कक्षाकोठामै बलात्कृत बालिका रक्ताम्मे अवस्थामा घर पुगेकी थिइन् । छोरीको अवस्था देखेर आत्तिनुभएका आमाले बालिकासँग सोधीखोजी गर्दा आफ्नै विद्यालयमा पढ्ने किशोरले यस्तो बनाएको बताएकी थिइन् ।

    पीडितकी आमाले विद्यालयमा गई शिक्षक, व्यवस्थापन समितिसँग घटना विवरण सुनाउँदै न्यायको याचना गर्नुभएको थियो । पीडित र आरोपित एउटै गाउँको भएको र दुवैको भविष्य बिग्रिने भन्दै घटना गाउँमै मिलाउने प्रयास भएको थियो । प्रहरीले भने पीडक किशोरलाई पक्राउ गरिसकेको ओरेकका गीता चौधरीले बताउनुभयो ।

    त्यस्तै गौरीगङ्गा नगरपालिकामा एक विद्यालयका दुई छात्रामाथि बलात्कार प्रयास भएको घटना पनि बाहिरियो । आरोपित थिए, सोही विद्यालयमै कार्यरत एक शिक्षक । यो घटना पनि विद्यालय र अभिभावकबिचको छलफलमै मिलापत्र गरिएपछि न्यायिक प्रक्रिया अगाडि बढ्न नसकेको ओरेकले जनाएको छ । यी त दुई प्रतिनिधि घटना मात्रै हुन् । कैलालीमा बालिकामाथि हुने यौनहिंसा वृद्धि भइरहेको ओरेकले ठहर गरेको छ । संस्थाले त्रैमासिक तथ्याङ्क सार्वजनिक गर्दै सार्वजनिक स्थलमै बालिका असुरक्षित हुन थालेको र त्यस्ता जघन्य अपराधलाई गुपचुपमा राखिने गरेको बताएको छ ।

    सन् २०२५ को प्रथम त्रैमासिकमा कैलालीमा लैङ्गिक विभेदमा आधारित हिंसाका कुल ३४ वटा घटना भएका छन् । तिनमा यौनहिंसाका १३ वटा छन् । बलात्कारका घटना २३ प्रतिशत, सामूहिक बलात्कारका घटना १५ प्रतिशत, बलात्कार प्रयासका घटना आठ प्रतिशत र वैवाहिक बलात्कारका घटना ५४ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

    बलात्कार वा यौन दुव्र्यवहारका घटनालाई गाउँमै मिलापत्र गर्ने, जिल्ला आइपुगेको घटनालाई विभिन्न तवरले दबाइने प्रवृत्ति रहेको ओरेकका सुदूरपश्चिम प्रदेश संयोजक सपना थापाले बताउनुभयो । ओरेकले विद्यालयमा समेत बालिका सुरक्षित हुन नसकेको उल्लेख गर्दै जघन्य अपराध हुँदा पनि न्यायिक प्रक्रिया अगाडि बढ्न नसक्नुमा चिन्ता व्यक्त गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले यौनहिंसाका घटनामा कमी नआएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म जबरजस्ती करणीका ८४ वटा मुद्दा दर्ता भएको छ । घटनामा संलग्न ७१ जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑