वीरगञ्ज | वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र ENSSURE/Helvetas, मधेश प्रदेशको सहकार्यमा सञ्चालन गरिएको १६ दिने Variable Frequency Drive (VFD) तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री अशिष कुमार लाठज्यू र सिप विकास इकाइका संयोजक श्री मेराजुल हवारीज्यूको विशेष उपस्थिति रहेको थियो। तालिमको उद्देश्य उद्योग तथा प्राविधिक क्षेत्रमा कार्यरत युवाहरुलाई आधुनिक प्रविधिबारे ज्ञान दिनु तथा उनीहरूको सिप अभिवृद्धि गर्नु हो।
१६ दिनसम्म सञ्चालन गरिएको तालिममा सहभागीहरूले VFD को सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्राप्त गरेका थिए। कार्यक्रमको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै अतिथिहरूले सीप विकासले युवाहरूको रोजगारीका अवसरहरू बढाउने विश्वास व्यक्त गरे। यस कार्यक्रममार्फत प्राविधिक दक्षता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने दिशामा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।