• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इरानमाथि आक्रमण गर्न ट्रम्पलाई के कुराले रोकिरहेको छ?

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार १७:३३
  • ५२९

    एजेन्सी । इजरायलले इरानलाई आणविक हतियार बनाउन नदिनका लागि गरिरहेको आक्रमणमा इजरायललाई सघाउनुपर्ने भनी चर्को आवाज उठिरहेको भए पनि राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई रोकिरहेका छन् । इरानको फोर्दोमा रहेको भूमिगत युरेनियम संवर्धन केन्द्रलाई बंकर बस्टर बमले ध्वस्त पार्ने सुनिश्चितता भए मात्र इरानमाथि अमेरिकाले आक्रमण गर्नुको अर्थ हुने ट्रम्पको धारणा रहेको द गार्डियन पत्रिकाले लेखेको छ । १३.६ टनको जीबीयू–५७ बमले फोर्दो केन्द्रलाई पूरै ध्वस्त पार्न सक्ने भनी ट्रम्पलाई बताइएको भए पनि उनी यसमा पूर्ण विश्वस्त नभएको बताइएको छ । अमेरिका यस युद्धमा सहभागी हुने भनी धम्की दिँदा इरान डराएर वार्तामा आउन सक्ने ट्रम्पको अपेक्षा छ । जीबीयू–५७ बमको प्रभावकारिताका विषयमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा व्यापक छलफल भइरहेको छ । फोर्दो केन्द्र जमीनभन्दा निकै मुनि भएकाले सीमित दायराको (ट्याक्टिकल) आणविक हतियार नै उपयोग गर्नुपर्ने हुन्छ भनी अमेरिकाका दुई रक्षा अधिकारीहरूलाई विज्ञहरूले बताएका छन् ।

    ट्रम्पले फोर्दोमा आणविक हतियार प्रहार गर्न चाहेका छैनन् । अमेरिकाका रक्षामन्त्री पिट हेगसेथ र जोइन्ट चीफ्‌स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले यस सम्भावनाका विषयमा ट्रम्पलाई बताएका छैनन् । तर ठूलो संख्यामा गैरआणविक जीबीयू–५७ बम प्रहार गरे पनि त्यसले सुरुङभित्रको आणविक केन्द्रलाई छेड्न नसक्ने बताइएको छ । त्यसले सुरुङलाई ध्वस्त पारेर आणविक केन्द्रलाई पुर्न मात्र सक्छ । उक्त आणविक केन्द्र जमीनबाट ३०० फीट मुनि रहेको इजरायली गुप्तचर निकायले विश्वास गरेको छ । त्यसैले पहिला गैरआणविक बमले जमीनलाई लचिलो बनाउने अनि त्यसपछि बी२ बमवर्षक विमानबाट ट्याक्टिकल आणविक बम प्रहार गरेर पूरै केन्द्रलाई ध्वस्त बनाउन सकिने विज्ञहरूले बताएका छन् । तर, ट्रम्प आणविक हतियार प्रहारको पक्षमा छैनन् । अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गत रहेको डिफेन्स थ्रेट रिडक्शन एजेन्सीले यी आकलनहरू गरेको हो । उसले जीबीयू–५७ बमको परीक्षण गरेको छ र भूमिगत केन्द्रहरूमा अमेरिकी सेनाका बमहरूको सीमितताका बारेमा समीक्षा गरेको छ ।

    जीबीयू–५७ बमहरूले इरानलाई अझै केही वर्षसम्म आणविक हतियार बनाउन सकिने युरेनियम संवर्धन गर्ने क्षमता घटाउँछ तर संवर्धन कार्यक्रमलाई पूरै अन्त्य गर्न सक्दैन । फोर्दो केन्द्रलाई ध्वस्त पार्नका लागि अमेरिका नै संलग्न हुनुपर्छ किनकि इजरायलसँग त्यति गहिरोमा रहेको केन्द्रसम्म पुग्ने बम छैन र त्यस्तो बम बोक्ने विमान पनि छैन । तर, यसभन्दा अघि फोर्दो जस्तो पहाडभित्रको सुरुङरूपी भौगोलिक संरचनामा फोर्दो प्रहार गरिएको इतिहास नभएकाले यो प्रभावकारी हुन्छ कि हुँदैन भन्नेमा पनि शंका छ । इजरायलले फोर्दोलाई ध्वस्त बनाउनका लागि अनेकौं उपायहरू अपनाउँदै आएको छ र त्यसक्रममा अमेरिकाको सहयोग पनि लिएको छैन । एकपटक इजरायलले हेलिकप्टरमा कमान्डोहरू राखेर आणविक केन्द्रमा पुग्ने र त्यसलाई बम हानेर ध्वस्त पार्ने प्रस्ताव पनि गरेको थियो । तर ट्रम्पले त्यस विकल्पलाई खारेज गरिदिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑