• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १०० बढी नयाँ कर्मचारी दरबन्दी थप्दै बिमा प्राधिकरण, कुन पदमा कति ?

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार १७:३२
  • ३४१

    काठमाडौं । नेपाल बिमा प्राधिकरणले उल्लेख्य मात्रामा दरबन्दी थप गर्ने भएको छ । प्राधिकरणले एक सय बढी नयाँ कर्मचारी दरबन्दी थप गर्नेसहितको प्रस्ताव केहीअघि मात्रै अर्थ मन्त्रालय पठाएको हो । बोर्ड बैठकले पारित गरेर स्वीकृतिका लागि केही दिन अगाडि मात्रै उक्त प्रस्ताव अर्थ मन्त्रालय पठाएको प्राधिकरणका कार्यकारी निर्देशन एवं प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । प्राधिकरणका अनुसार १ कार्यकारी निर्देशक, ३ निर्देशक, १७ जना उपनिर्देशक, ५० सहायक निर्देशक र केही सुब्बा गरी १०० बढी दरबन्दी थपको प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ । अहिले प्राधिकरणमा एक कार्यकारी निर्देशक, ६ निर्देशक, २५ उपनिर्देशक, ५३ जना सहायक निर्देशक छन् । प्राधिकरणबाट संगठनात्मक र व्यवस्थापन संरचना (अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट–ओएन्डएम) पास गरेर प्रस्ताव मन्त्रालय पठाएको जनाइएको छ । पहिला ओएन्डएम स्टाफ कलेजबाट हुने गरी पनि पहिलाको प्रतिवेदनलाई आधार बनाउँदै अहिलेको आवश्यक्ताको आधारमा आन्तरिक माध्यमबाट प्रस्ताव गरिएको हो ।

    प्राधिकरणमा हाल ११३ जनाको दरबन्दी छ भने करारसहित गरेर १५८ जना कर्मचारी छन् । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ३७ वटा बिमा कम्पनी सञ्चालनमा रहेका छन् । कार्य प्रकृतिको आधारमा १४ जीवन बिमा, १४ निर्जीवन बिमा, ७ लघुबीमा (३ जीवन लघुबिमा र ४ निर्जीवन लघुबिमा) र २ पुनर्बिमा कम्पनीले व्यवसाय गर्दै आइरहेका छन् । त्यसैगरी लगानीको आधारमा सरकारी लगानीको ३, स्वदेशी लगानीको २९, विदेशी कम्पनीको शाखा कार्यालय ३ र संयुक्त लगानीको २ बिमा कम्पनीहरू सञ्चालनमा छन् । चालु आवको चैत मसान्तसम्ममा जीवनमा १ हजार ७८२, निर्जीवनमा १ हजार २७ र लघु बिमामा १९० गरी जम्मा शाखा संख्या २ हजार ९९९ पुगेको छ । २०८० को चैत्र मसान्तसम्ममा जीवनमा १ हजार ७७७ निर्जीवनमा १ हजार ३१ र लघु बिमामा १२८ गरी जम्मा शाखा संख्या २ हजार ९३६ थियो ।

    प्रदेशगत शाखा कार्यालय सबैभन्दा बढी बागमती प्रदेशमा ८३६ वटा र सबैभन्दा कम कर्णाली प्रदेशमा १६८ वटा सञ्चालनमा छन् । चैत मसान्तसम्ममा जीवनमा १ हजार ८४४, निर्जीवनमा १ हजार १५५ गरी जम्मा शाखा संख्या २ हजार ९९९ पुगेको छ भने जीवनतर्फ ६ हजार ०५५ र निर्जीवनतर्फ ६ हजार ३६ गरी कुल १२ हजार ९१ जना कर्मचारी कार्यरत छन् । चालु आवको चैत मसान्तसम्ममा करिब ४ लाख अभिकर्ता अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन् । यो संख्या गत आवको तुलनामा ३३.४२ प्रतिशतले बढी हो । त्यसैगरी, निर्जीवन बिमा व्यवसायको क्षति मूल्याकंन गर्ने १ हजार ४१५ सर्भेयर इजाजत प्राप्त गरी रोजगारीमा संलग्न रहेका छन् । साथै १६ वटा पुनर्बीमा दलाल इजाजतपत्र प्राप्त गरी कार्यरत रहेको प्राधिकरणको तथ्यांक छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑