• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक सयभन्दा बढी उद्योग खारेज

  • वीरगंज संजाल
  • ५ असार २०८२, बिहीबार १६:४१
  • १४९

    काठेखोला । चालु आर्थिक वर्षको ११ महिनाको समयावधिमा बागलुङका एक सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिङ्ग थापाका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को असार पहिलो हप्तासम्म उद्योगतर्फ ४८ वटा र वाणिज्यतर्फ ७० वटा उद्योग तथा फर्म खारेज भएका हुन् । ‘पछिल्लो समय उद्योग खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदैआएको छ’ प्रमुख थापाले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ११ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलक लगायत उद्योगतर्फ ४८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म ७० गरी एकसय १८ उद्योग तथा फर्महरु खारेज भएका छन् ।’

    लगतकट्टा (खारेज) का साथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदैआएको पर्यटन तथा उद्योग कार्यालय बागलुङले जनाएको छ । प्रमुख थापाले चालु आर्थिक वर्षमा विभिन्न प्रकृतिका नयाँ उद्योग ३७ वटा र वाणिज्यतर्फ ६१ नयाँ फर्म दर्ता भएको बताउनुभयो । उहाँले चालु आवमा चारसय ९ उद्योग र वाणिज्यतर्फ छसय १० फर्म नवीकरण भएको बताउनुभयो ।
    वैदेशिक रोजगारी र निश्चित प्रयोजन र अनुदान प्राप्तका लागि उद्योग खोल्ने कारणले खारेजी हुने उद्योगको सङ्ख्या बढ्दो रहेको प्रमुख थापाको भनाइ छ । ‘वैदेशिक रोजगारीका लागि देश छाड्नेको सङ्ख्या बढेकाले उद्योग बन्द हुने सङ्ख्या बढ्दो छ’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय व्यापारमा गिरावट र गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरूले गुनासो गर्नुहुन्छ ।’

    निश्चित प्रयोजनका लागि र अनुदान प्राप्त गर्नका लागि उद्योग तथा फर्म खोल्ने गरेकोले बन्द हुने अवस्था आएको प्रमुख थापाले बताउनुभयो । ‘सरकारले उद्योग तथा फर्महरुलाई विभिन्न अनुदान प्रदान गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि अनुदान दिँदैआएका छन’ उहाँले भन्नुभयो, ‘अनुदान प्राप्त गर्नका लागि खोल्ने र पछि बन्द गर्ने अवस्था आउनेगरेको देखिन्छ ।’ कार्यालयले उद्योग दर्ता, नवीकरण र खारेजी गरेर चालु आर्थिक वर्षको ११ महिनामा ३४ लाख २० हजार एकसय २५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । बागलुङमा चालु आर्थिक वर्षमा एकवटा पर्यटकस्तरीय होटलसमेत दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख थापाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • इरानको सरकारी टिभी ह्याक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    तीन दलका शीर्ष नेताको बैठक स्थगन

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    News

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑