सप्तरी । सप्तरीबाट काठमाडौँतर्फ बस यात्रा गरिरहेका एक वृद्ध यात्रुको बाटोमै मृत्यु भएको छ ।
सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि निधन भएको हो ।
बा.प्र–०३–००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक अस्वस्थ भएपछि उनलाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।