• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

  • वीरगंज संजाल
  • ४ असार २०८२, बुधबार ०४:०९
  • ५६५

    सिरहा | सिरहा प्रहरीले ठूलो परिमाणमा अवैध सालको काठसहित दुईवटा गाडी नियन्त्रणमा लिएको छ।

    वन कर्मचारीकै मिलोमतोमा तस्करी भइरहेको आशंकाबीच प्रहरीले गाडी नियन्त्रणमा लिएको १८ घण्टापछि मात्र वन कार्यालयलाई बुझाउँदा घटना थप रहस्यमय बनेको छ।

    इलाका प्रहरी कार्यालय मिर्चैयाले गोप्य सूचनाका आधारमा सोमबार राति करिब १० बजे मिर्चैया-कटारी सडकखण्डको मिर्चैया नगरपालिका-७, फुलबरियाबाट काठ तस्करीमा प्रयोग भएका दुई गाडी नियन्त्रणमा लिएको हो।

    सिन्धुलीबाट उदयपुर हुँदै सिरहाको गोलबजारस्थित गौरव सःमिल तथा फर्निचर उद्योगमा ल्याइँदै गरेको म.प्र.०३–००१ च ७१४४ र प्र.१–००१ च ८५९५ नम्बरको पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रहरीले गाडीबाट ३३५ थान सालको चिरान काठ बरामद गरेको छ। तर गाडीका चालकसँग रहेको भ्याट बिलमा जम्मा ३३० थान मात्र उल्लेख छ।

    बिलमा १ सय २२ क्युबिक फिट काठ देखाइए पनि बरामद काठ करिब ३ सय क्युबिक फिट रहेको व्यवसायीहरूले अनुमान गरेका छन्। यसरी राजस्व छली गर्न थोरै काठको बिल बनाएर ठूलो परिमाणमा तस्करी गर्न खोजेको स्पष्ट हुन्छ।

    एक जिल्लाबाट अर्को जिल्लामा काठ लैजान अनिवार्य चाहिने वन कार्यालयको ढुवानी अनुमति पत्र पनि गाडीसँग थिएन।

    बरामद काठ गोलबजारका काठ व्यवसायी ‘कारी’ भनेर चिनिने गौरव सःमिलका सञ्चालक श्याम साहको रहेको खुलेको छ। घटनाबारे बुझ्न खोज्दा उनले आफूलाई यसबारे थाहा नभएको भन्दै पछि फोन गर्ने बताए तर सम्पर्कमा आएनन्। स्रोतका अनुसार, साह राति नै इलाका प्रहरी कार्यालय मिर्चैया पुगेर घटनालाई लेनदेनमा मिलाउने प्रयासमा थिए।

    प्रहरीले काठ नियन्त्रणमा लिएको लामो समयसम्म पनि वन कार्यालयलाई औपचारिक जानकारी नदिएको डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्र मिश्रले बताए। उनले भने, ‘हामीलाई जिम्मा दिएपछि मात्र काठ वैध हो वा अवैध भन्न सकिन्छ।’

    अर्कोतर्फ, प्रहरीले काठसहितका गाडी बुझाउन खोज्दा वन कर्मचारीले काठमा लगाइएको सिल तोडिएको भन्दै सोही व्यहोराको मुचुल्का बनाए मात्र बुझ्ने अडान लिएका कारण प्रक्रिया लम्बिएको एक वन कर्मचारीले बताए।

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले भने आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गाडी र काठ डिभिजन वन कार्यालय, लहानलाई बुझाइएको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑