• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

  • वीरगंज संजाल
  • ४ असार २०८२, बुधबार ०१:०९
  • ६०१

    रौतहट | रौतहटको राजपुर बम काण्डमा पुत्र गुमाएका श्रीनारायण सिंह राजपूतले न्यायको लडाइँलाई काठमाडौंस्थित न्याय प्रणालीको सर्वोच्च निकायसम्म ल्याइपुऱ्याएका छन्।

    उच्च अदालतबाट प्रतिवादीहरूलाई सफाइ दिने न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै उनले न्याय परिषद्‌मा उजुरी दर्ता गराएका हुन्।

    जिल्ला अदालतले दोषी ठहर गरेका व्यक्तिलाई उच्च अदालतले सफाइ दिएपछि निराश बनेका ८४ वर्षीय उनी ‘न्याय नमरेको’ प्रमाणित गर्न एक्लै काठमाडौंमा सङ्घर्ष गरिरहेका छन्।

    नागरिकन्यूजसँग कुराकानी गर्दै उनले भने – ‘सास रहुन्जेलसम्म न्यायको लागि लडिरहन्छु, जिन्दगी जहिलेसम्म छ, त्यहिलेसम्म यो लडाइँ जारी रहन्छ।’

    रौतहट जिल्ला अदालतले २०८१ वैशाख ३ गते मुख्य अभियुक्त मो. अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको थियो। तर, उक्त फैसलाउपर परेको पुनरावेदनमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश द्वय खुशी प्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलम लगायतलाई सफाइ दिएको थियो।

    श्रीनारायणले न्याय परिषद्‌मा दिएको निवेदनअनुसार, करिब १२ सय पृष्ठको मिसिल र प्रमाणहरू भएको गम्भीर प्रकृतिको मुद्दामा केवल ४ घण्टाको सुनुवाइपछि ‘घटना नै नघटेको’ भन्ने आधारमा फैसला गर्नु बदनियतपूर्ण छ।

    उनले निवेदनमा प्रत्यक्षदर्शीको बयान, भौतिक प्रमाण र सर्वोच्च अदालतकै विगतका आदेशहरूलाई पूर्ण रूपमा नजरअन्दाज गरिएको आरोप लगाएका छन्।

    ‘अदालत चुके, भगवान् छन्’

    भौतिक अदालतप्रतिको क्षीण हुँदै गएको विश्वास र दैवी न्यायप्रतिको अन्तिम आशा रहेको उनी सुनाउँछन्। ‘आसा त राखेको छु, तर अदालतले न्याय नदिए पनि भगवान्‌ले त न्याय पक्कै दिनुहुन्छ।’ उनी भन्छन्।

    काठमाडौंमा रहँदा उनले महान्यायाधिवक्ता लगायतका सरोकारवाला निकायमा पुगेर आफूमाथि भएको अन्यायबारे जानकारी गराइसकेका छन्। ‘मैले न्याय परिषद्‌का सचिवसँग मलाई अन्याय भयो हजुर भने, उहाँहरुले हेरौला भन्नुभएको छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑