• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विद्युत् बक्यौता पुनरावलोकन गराउन ४६ उद्योगले दिए निवेदन

  • वीरगंज संजाल
  • ३ असार २०८२, मंगलवार १३:१४
  • ५२९

    वीरगंज | लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता पुनरावलोकन गर्न ४६ उद्योग तथा कम्पनीले नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका छन् । प्राधिकरणले उद्योगीलाई पुनरावलोकन प्रक्रियामा आउन जेठ मसान्तसम्मको समय दिएको थियो । त्यसमा बक्यौता तिर्ने प्रक्रियामै नआएका ३४ र किस्ता तिर्न सुरु गरेका १२ सहित ४६ कम्पनीले पुनरावलोकनका लागि प्राधिकरणमा निवेदन दिएका हुन् । उनीहरूले बक्यौताको ५ प्रतिशत रकम नगद वा बैंक ग्यारेन्टीमार्फत बुझाएर माघ ०७२ देखि वैशाख ०७५ सम्मको बक्यौता पुनरावलोकनका लागि आवेदन दिएका हुन् ।

    प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका सहनिर्देशक साधव भण्डारीले अन्तिम समयसम्म ४६ कम्पनीको निवेदन प्राप्त भएको बताए । प्राधिकरणका प्रवक्ता राजन ढकालले अब पुनरावलोकन समितिमार्फत थप काम कारबाही अघि बढ्ने बताए । प्राधिकरणका सञ्चालक श्यामकिशोर यादवको संयोजकत्वमा पुनरावलोकन समितिले थप कारबाही अघि बढाउने उनको भनाइ छ । ग्राहकले बिल रकममा चित्त नबुझेमा पहिलो चरणमा प्राधिकरणको प्रशासनिक पुनरावलोकमा जान सक्छन् । तर, उद्योगहरू त्यो प्रक्रियामा समेत आएका थिएनन् । केही उद्योगहरूले विभिन्न अदालतमा रिट दर्ता गरे पनि प्राधिकरणकै प्रशासनिक पुनरावलोकनमा जानु भनेर त्यस्ता मुद्दा खारेज भएका थिए ।

    पहिला बिल जारी भएको ३५ दिनभित्र २५ प्रतिशत धरौटी बुझाएर प्रशासनिक पुनरावलोकनमा आउनुपर्ने व्यवस्था थियो । तर, म्याद सकिएका कारण उद्योगीलाई त्योअनुसार प्रशासनिक पुनरावलोकन प्रक्रियामा आउन बाटो बन्द थियो । त्यसपछि २९ चैतको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासनिक पुनरावलोकन गर्दा राख्नुपर्ने धरौटी २५ प्रतिशतबाट घटाएर पाँच पतिशत बनाउने र ३५ दिने म्याद हटाउने निर्णय गर्दै विद्युत् वितरण विनियमावली, २०७८ संशोधन गर्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणले २७ वैशाखमा सार्वजनिक सूचना जारी गर्दै प्रशासकीय पुनरावलोकनका लागि जेठ मसान्तसम्मको समय दिएको थियो ।

    क–कसले दिए आवेदन ?
    प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार पछिल्ला ४९ उद्योगमध्ये बक्यौता तिर्ने प्रक्रियामै नआएका ३४ उद्योगले पुनरावलोकनका लागि आवेदन दिएका छन् । उनीहरूको मात्रै ६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ बक्यौता छ । त्यसमा पछिल्लोपटक बक्यौताको किस्ता तिर्ने प्रक्रियामा आएका १५ मध्ये आठ उद्योग पनि पुनरावलोकन प्रक्रियामा आएका छन् । त्यसमा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट पनि रहेको छ । यसैगरी रोल्पा सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, नारायण रबर उद्योग, जिबी टेक्सटाइल–१, जिबी टेक्साटाइल–२, सर्वाेत्तम सिमेन्ट र लक्ष्मी स्टिल रहेका छन् । ४९ उद्योगबाहेक पहिलादेखि नै बक्यौताको किस्ता तिरेका सीता फुड्स, डाबर नेपाल प्रालि, सूर्य नेपाल प्रालि र नेपाल टेलिकमले पनि पुनरावलोकनका लागि आवेदन दिएका छन् ।

    जसले दिएनन् आवेदन
    पछिल्लो ४९ उद्योगमध्ये बक्यौता तिर्ने प्रक्रियामा आएका १५ मध्ये सात उद्योगले भने पुनरावलोकनका लागि आवेदन दिएका छैनन् । त्यसमा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट पनि रहेको छ । यसैगरी सम्राट सिमेन्ट, नेसनल रबर इन्डस्ट्रिज, एजी हेल्थ इन्डस्ट्रिज, विनायक स्पात, नवनेपाल प्लास्टिक इन्डस्ट्रिज र शुभलक्ष्मी पोलिमर्सल पुनरावलोकनका लागि आवेदन दिएका छैनन् । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पुनरावलोकन प्रक्रियामा नआएका उद्योगले पुरानो बिलअनुसार नै बक्यौता तिर्नुपर्ने बताए । आवेदन दिने उद्योगहरूको हकमा भने प्रमाण जुटाएर पुनरावलोकन प्रक्रिया अघि बढाउने आइतबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताएका थिए ।

    प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भन्छन्–

    आवेदन नदिएका उद्योगले पुरानो बिलअनुसार नै भुक्तानी गर्नुपर्छ । त्यो भुक्तानी नगरेमा विद्युत् नियमन आयोगले पछिल्लोपटक दिएको निर्देशनअनुसार सेयर रोक्का गर्ने, बैंक खाता रोक्का गर्नेलगायतका दबाबमूलक कारबाही गरिनेछ । आवेदन दिनेहरूको हकमा भने प्रमाण जुटाएर थप कारबाही अघि बढाइनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑