वीरगंज | नवलपुरको मध्यविन्दु १५ सिमरा भित्री सडक खण्डमा आफ्नै श्रीमानले चलाएको ट्याक्टर दुर्घटना हुँदा श्रीमतीकाे मृत्यु भएको छ । मंगलबार बिहान १० बजेतिर मध्यबिन्दु नगरपालिका १५ सिमराकाे भित्री कच्ची सडकखण्डअन्तर्गत ना ७ त २९६७ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा अचानक पल्टिन जाँदा ट्याक्टरमा सवार ३६ वर्षीया यम कुमारी थनेत थारुको मृत्यु भएको हो ।
ट्याक्टरमा सवार चार जनामध्ये थारुको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा सवार चार जनामध्ये अन्यको अवस्था सामान्य छ । प्रहरीले मृतकका ट्याक्टर चालक ४२ वर्षीय दोरन थारूलाई नियन्त्रणमा लिएको छ ।