• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८२, सोमबार १६:२१
  • ३४५

    काठमाडौँ । भूतपूर्व गोर्खा सैनिकहरूले गोर्खा सैनिक र उनीहरूका सन्ततिलाई वंशजको आधारमा नेपाली नागरिकता कायम राख्न माग गरेका छन्। सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरूले गोरखा सैनिकहरूको नेपाली नागरिकताको निरन्तरता र उनीहरूका सन्ततिलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गरेका हुन्। देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन उनीहरूको जोड छ। बैठकमा बोल्दै ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूले अर्को नागरिकता नखोजेको बरु भएकै नागरिकताको निरन्तरता चाहेको बताए। उनले गोर्खा सैनिकका सन्ततिले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा लिनका लागि बाध्य भएर बेलायतको नागरिकता लिने गरेको उल्लेख गर्दै उनीहरूलाई नेपालको नागरिकता उपलब्ध गराउनुपर्ने माग राखे। “यदि त्यहाँ गोर्खाको बालबालिकाहरूले नागरिकता लिएनन् भने राज्यबाट कुनै पनि अधिकार पाउँदैनन्,” राईले भने, “ऋणमा अध्ययन गर्नुपर्‍यो भने पनि त्यहाँ पैसा पाउँदैनन्। त्यहाँ कुनै पनि कम्पनीको म्यानेजर हुनुपर्‍यो भने त्यहाँको नागरिक नै हुनुपर्छ। नत्र पाइँदैन।” उनले यस्ता समस्याका कारण बालबालिकाहरूले बेलायतको नागरिकता लिने तर बुबा नेपाली नागरिक नै रहने अवस्था आएको र आर्मीमा काम बिग्रिएर निकालिएमा बुबा नेपाल फर्कनुपर्ने तर श्रीमती र बालबालिका लन्डनमै रहने जस्ता घटना भइरहेको बताए। “यो समस्या त सरकारले बनाएको हो नि। त्यसकारण हामीले अर्को नागरिकता खोजेका होइनौँ, हामीसँग भएको नागरिकताको निरन्तरता मात्रै खोजेका हौँ,” उनले थपे।

    वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलुकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नहुने तर्क गरे। उनले राज्यले कुनै पनि नागरिकलाई राज्यविहीनताको अवस्थामा राख्न नहुने जिकिर गरे। ब्रिटिस गोर्खाले प्राप्त गर्ने निवृत्तिभरण (पेन्सन) राष्ट्र बैंकमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा समेत उनले जोड दिए। ज्ञवालीले गोर्खा सैनिकहरूलाई गैरआवासीय भिसा दिएर चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्न नहुने समेत बताए। उनले गोर्खा सैनिकमा जाँदा नेपाली नागरिकता प्रयोग गरिएको र बेलायतको नागरिकता पाए पनि नेपाली नागरिकता कायम हुने गरी नागरिकता ऐन संशोधन गर्न आग्रह गरे। “गैरआवासीय भिसा दिएर नेपालको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्नुभएन भन्ने उहाँहरूको एउटा माग हो,” उनले भने, “हामीलाई नेपालको नागरिक सरह मान्नुपर्‍यो भन्ने माग छ।” उनले गोर्खा सैनिकले देशलाई दिएको योगदान र उनीहरूको पेन्सन तथा विज्ञता नेपालमै भित्र्याउनका लागि उताको नागरिकता पाए पनि नेपालको नागरिकता समेत पाउनुपर्ने गरी संशोधनको माग रहेको बताए।

    नागरिकता निरन्तरता अभियान समिति युके–नेपालका वरिष्ठ सल्लाहकार हिमाल राईले बेलायती सेनामा भर्ती भएका नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने तथा उनीहरूका सन्तानलाई पनि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानूनी सुविधा हुनुपर्ने माग दोहोर्‍याए। उनले बेलायती सेनाबाट निवृत्त भएका करिब २२ हजार पूर्वगोर्खा सैनिकलाई पेन्सनका रूपमा प्रदान गरिने करिब २१ करोड पाउण्ड स्टर्लिङ राष्ट्र बैंकमा जम्मा भएर वितरण गर्ने व्यवस्थाका लागि पनि माग गरे। “हामीले केही पनि मागेका छैनौँ, नेपालको अन्तरिम संविधान, २०६३ को धारा १० को निरन्तरताको माग गरेका हाँै,” राईले भने, “विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुनेछ भन्ने ठाउँमा ब्रिटिस गोर्खाको लागि लागू हुनेछ भन्ने लगाइदिनुभयो भने काफी हुन्छ। हाम्रो त्यति माग पूरा गर्न कन्जुस्याइँ गर्नुहुन्न भन्ने आशा गरेको छु।” सोमबार समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गरेको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑