• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८२, सोमबार १६:०२
  • ४४५

    वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गरेको बताएका छन् । राज्यको संयन्त्र र कानुनलाई गलत रूपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ । उनले भने, ‘सर्वोच्च अदालतमा रवि लामिछानेका दुई वटा निवेदन थिए । बन्दी प्रत्यक्षीकरण सन्दर्भमा गत चैत्र २२ गते राति सभापतिज्यूलाई अदालतको आदेश नै विना जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गर्ने काम गर्‍यो । कानुनी प्रक्रिया नै पूरा नगरी पक्राउ गरिएको हो भन्ने हाम्रो बुझाइ हो ।’ रविलाई त्रासपूर्ण तरिकाले प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको घटना विरुद्ध पुनरावेदन दिए पनि सर्वोच्चले त्यसमा खास ध्यान नदिएको उनको आरोप छ । उनले भने, ‘पक्राउविरुद्ध पुनरावेदन थियो र त्यो पुनरावेदन सर्वोच्च अदालतले खास ध्यान दिएर हेरेन । २२ गते राति नै त्रासपूर्ण घटना प्रहरीले गरेर अपहरण शैलीमा पक्राउ गरेर लग्यो । त्यो आवश्यक थिएन । सामान्यतया उच्च अदालतको फैसला, जिल्ला अदालत गएर जिल्लाले प्रहरीलाई लेखेपछि प्रहरीले कार्यान्वयन गर्नुपर्ने हो । तर राज्यले ज्यादती र मानव अधिकार हनन गर्‍यो ।’

    रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्नता देखिएन भन्ने संसदीय छानबिन समितिको प्रतिवेदनमै स्पष्ट गरिसक्दा पनि थुनामा राखिएको उनले बताए । सहकारीकै अर्बौँ रकम अपचलन गरेका व्यक्तिहरू चाहिँ १०–२० लाख रुपैयाँ धरौटी राखेर एक दिन पनि प्रहरी कस्टडीमा नबसी बाहिर आउनु राजनीतिक प्रतिशोध नै भएको उनको भनाई छ । उनका अनुसार सभापति भैरहवाबाट काठमाडौंमा स्थानान्तरण गर्ने कुरा पारिवारिक कुरा पनि रहेकाले र पार्टीको सदस्यहरूसँगको भेटघाट वा सल्लाह गर्न सहज हुन्छ भन्ने हिसाबले हुनसक्छ । तर यस विषयमा पार्टीका तर्फबाट केही कुरा भएको छैन । उनले भ्रष्टाचारका काण्डहरूले राज्यको मर्यादा नै कम हुने भन्दै यसलाई छानबिन गर्न उच्च स्तरीय छानबिन समिति आवश्यक हुने बताए । उनका अनुसार अख्तियारमा पनि दलीय भागबण्डामा नियुक्ति भएका मान्छेहरू रहेका छन् । जसका कारण अहिलेको गृहमन्त्रीलाई राजीनामा दिएपछि पनि बोलाएर छानबिन गर्न सक्ने अख्तियारको अवस्था छैन ।

    उनले भने, ‘अख्तियारले मुद्दा चलाएको छ । त्यो ठिक छ तर त्यहाँ पनि दलीय भागबण्डामा नियुक्ति भएका मान्छेहरू छन् । हालको सरकारमा रहेका दलका नेताका मान्छेहरू नियुक्ति भएका छन् । यस्तो अवस्थामा अख्तियारले पनि गृहमन्त्री तहमा छानबिन गर्न सकिने देखिँदैन । अहिलेको गृहमन्त्रीलाई राजीनामा दिएपछि पनि बोलाएर छानबिन गर्न सक्ने अख्तियार देखिँदैन ।’ गृहमन्त्रीले नैतिकताको आधारमा छानबिनलाई नसघाउने हो भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने वा नेपाली कांग्रेसले गृहमन्त्रीलाई फिर्ता बोलाउनुपर्ने पनि उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑