आज:
  • होमपेज / Breaking News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०८२, शनिबार १९:४६
  • १६५३

    वीरगंज | लालबाबु सिंह | वीरगंजस्थित संस्कार संस्थाले निर्जला एकादशीको पावन अवसरमा शनिबार विशेष सामाजिक सेवा कार्यक्रम अन्तर्गत ३ हजारभन्दा बढी व्यक्तिलाई नि:शुल्क निम्बु सर्बत वितरण गरेको छ।

    शहरको राणीसती मन्दिर अगाडि आयोजित उक्त सेवामा यात्रु, पर्यटक, रिक्सा चालक, सवारी चालक तथा अन्य सर्वसाधारणलाई चिसो निम्बु सर्बत वितरण गर्दै गर्मीबाट राहत दिने प्रयास गरिएको थियो।

    संस्थाका सदस्य सोनी अग्रवालका अनुसार, निर्जला एकादशी वर्षकै सबैभन्दा ठूलो एकादशी भएकाले यस दिन गरिने सेवा र पुण्यको विशेष महत्त्व रहन्छ। बिहान ११ बजेबाट सुरु भएको सर्बत वितरण दिउँसो ३ बजे सम्म चल्यो, जसअन्तर्गत ३ हजारभन्दा बढीलाई सेवा प्रदान गरिएको जानकारी दिइएको छ।
    संस्थाकी अध्यक्ष रेणु अग्रवालले यस अवसरमा बताइन्, “जेठ महिना वर्षकै सबैभन्दा गर्मी हुने समय भएकाले निर्जला एकादशीको धार्मिक अवसरलाई सामाजिक सेवासँग जोड्दै यो कार्यक्रम गरिएको हो। दिन-दुखी, असहाय, रिक्सा चालकदेखि पर्यटकहरूसम्म सेवा गर्न पाउँदा हामी निकै खुसी छौं। यही हाम्रो संस्थाको उद्देश्य हो।”

    संस्कार संस्थाले विभिन्न धार्मिक पर्व तथा अवसरहरूमा फलफूल, सतुवा, सर्बत लगायतका सामग्री वितरण गर्दै समाजसेवामा सक्रिय भूमिका निभाउँदै आएको बताइएको छ। परम्परा, धर्म, संस्कार र सामाजिक एकताको प्रवर्द्धन संस्थाको मुख्य उद्देश्य रहेको जनाइएको छ।
    कार्यक्रममा जुली तुलस्यान, मिनाक्षी तुलस्यान, शशी अग्रवाल, पुनम बन्का, शशी रुङटा, देवकी चाचान, सुनिता साह, प्रीती खेतान लगायत सहयोगी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो|

    संस्थाले भविष्यमा यस्ता कार्यक्रमहरू अझ व्यापक रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑