काठमाडौं । गएको चैत १५ मा तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूमध्ये मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चल्ने भएको छ ।
अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णयसहित सरकारी वकिल कार्यालयले अभियोग पत्र काठमाडौं जिल्ला अदालतमा पेस गरेको हो । अभियोग पत्र दर्ता हुने प्रक्रियामा छ ।
१०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई पनि प्रतिवादी कायम गरिएको छ ।