• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अघाेषित लाेडसेडिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु अस्तव्यस्त

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८२, आईतवार १४:१४
  • ४०१

    बारा | पूर्वनिर्धारित तालिकाबिना दैनिक १० घण्टासम्म विद्युत कटौतीको मार खेपिरहेका पथलैया–वीरगन्ज औद्योगिक करिडोरका उद्योगहरु गत सातायता भएको बारम्बार विद्युत कटौतीले अस्तव्यस्त बनेका छन् । बारम्बार अवरुद्ध हुने विद्युतका कारण उत्पादनमा प्रत्यक्ष प्रभाव पर्नेमात्र नभई उद्योगका उपकरण बिग्रिने र कच्चा पदार्थको करोडौं क्षति हुने उद्योग सञ्चालकहरु बताउँछन् । विद्युतकै कारण उद्योग सञ्चालनमा अन्योल सिर्जना भएपछि बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरु मारमा परेका हुन् । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले एक सातायता विद्युत आपूर्ति बारम्बार अवरूद्ध हुँदा उद्योगीमा अन्योल बढेको बताए । उनले भने, ‘कुन बेला विद्युत आउने कुन बेला जाने टुंगो छैन, कसरी उद्योगको प्लान्ट सञ्चालन गर्ने ? पूरै करिडोरको औद्योेगिक वातावरण समस्याग्रस्त बनेको छ । विद्युत प्राधिकरणले जति समय बिजुली उपलब्ध गराउने हो, त्यति समय तोकिदियोस् । त्यही समयमा क्वालिटीको विद्युत उपलब्ध गराओस् । नत्र यही अवस्थामा उद्योग सञ्चालन गर्न कठिनाइ हुन्छ ।’

    बारम्बार भइरहेको विद्युत आपूर्ति अवरूद्धले उद्योगको उत्पादन प्रणाली नै लथालिंग बनाएको उद्योगीहरु बताउँछन् । कच्चा पदार्थदेखि विभिन्न उपकरणमा क्षति पुग्न थालेपछि धान्न नसकिने भन्दै साना तथा मझौला उद्योगहरुले सञ्चालन समय घटाएका छन् । क्षति बढेसँगै कतिपय ठूला उद्योगले पनि उत्पादन समय निकै घटाएका छन् । करिडोरमा विद्युत वितरण प्रणाली असाध्यै कमजोर बनेपछि उद्योगीमा हैरानी बढेको र औद्योगिक वातारण बिथोलिएको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । ‘प्राधिकरणमा नयाँ एमडी आएपछि हामीले लोड म्यानेजमेन्टमा सुधार हुने अपेक्षा राखेका थियौं, तर त्यसो हुन सकिरहेकोे छैन,’ उपाध्यक्ष राजपालले भने, ‘अहिले करिडोरमा चारदेखि दश घण्टासम्म मनलाग्दी विद्युत काट्ने गरेको छ । विद्युत डिमान्डको समय यही हो तर यही समयमा विद्युत नहुनु देशकै लागि घाटा हो ।’ करिडोरका उद्योगहरुले वार्षिक करिब चार अर्ब ५० करोड विद्युत महशुल बुझाउने गरेका छन् । प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुपेश रुपाखेतीले करिडोरका उद्योगमा दैनिक १ सय ५० मेगावाटसम्म विद्युत खपत हुने गरेको जानकारी दिँदै अहिले पिक आवरमा विद्युत वितरण गर्न नसकिए पनि समय मिलाएर दिने गरेको बताए ।

    विद्युत पटक–पटक अवरुद्ध बन्न थालेपछि करिडोरको क्षेत्रका शहरमा सञ्चालित पाँच तारेदेखि पर्यटक स्तरसम्मका होटल पनि पीडित बनेका छन् । क्लासिक होटल सिमराका प्रबन्धक राज भट्टले विद्युत बारम्बार अवरुद्ध बन्ने गरेपछि गत महिनादेखि जेनेरेटर सञ्चालनमा ल्याएको बताए । यसमा मासिक ३ लाख ५० हजारको डिजेल खपत हुने उनले जानकारी दिए ।
    प्राधिकरणले भारतबाट आयात गरिएको बिजुलीले वितरणमा सुधार भएको दाबी गरे पनि साना–ठूला गरी हजारभन्दा धेरै उद्योग सञ्चालित करिडोरका उद्योगीहरूले भने दैनिक दश घण्टासम्म अघोषित लोडसेडिङको मार खेप्नुपरेको बताएका छन् । अनियमित विद्युत कटौतीको बारेमा प्राधिकरणले चासो नराखेको भन्दै उद्योगीहरुले असन्तोष प्रकट गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑