• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

  • वीरगंज संजाल
  • २ जेष्ठ २०८२, बिहीबार ०१:४०
  • ५३७

    जनकपुरधाम | मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले डिभिजन वन कार्यालयको नेतृत्व सङ्घका कर्मचारीले गर्नेगरी मधेश प्रदेशका बहुसँख्यक डिभिजनल वन अधिकृतहरूले डिभिजनल वन अधिकृतहरूको बुढानीलकण्ठ घोषणापत्रमा हस्ताक्षर गरेकोमा आपत्ति व्यक्त गरेका छन् ।

    काठमाडौँको बुढानीलकण्ठमा मंगलबार सम्पन्न आयोजित सातौँ राष्ट्रिय वन अधिकृतहरू ( डिएफओ) को सम्मेलनले जारी गरेको घोषणापत्रको बुँदा नम्बर ४ मा सङ्घीय वन ऐन २०७६ मा भएको व्यवस्था बमोजिम डिभिजनल वन अधिकृत भन्नाले नेपाल सरकारले खटाएको डिभिजल वन अधिकृत सम्झनुपर्दछ भनेकोले सो विषय हालसम्म कार्यान्वयन नहुँदा वन संरक्षणको कार्यमा कठिनाइ परेकाले उक्त कठिनाइ फुकाउन नेपाल सरकारलाई अनरोध गर्ने भनिएको छ । त्यस्तै बुँदा नम्बर ५ मा विगतमा कर्मचारी समायोजन हुँदा विशिष्ट परिस्थितिमा संस्थागत रूपमै समायोजन भएका र सबै प्रदेश लोकसेवा आयोगका सिफारिसमा नियुक्ति भएका वनसेवाका कर्मचारीहरूलाई सङ्घीय सरकारले अपनत्व ग्रहण गर्न अनुरोध गर्ने उल्लेख छ ।

    दुवै बुँदाका आधारमा मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले डिएफओ सम्मेलनलाई प्रतिगामी भनेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले डिभिजन वन कार्यालयको नेतृत्व सङ्घका कर्मचारीले गर्नेगरी सङ्घमा फिर्ता हुने आशयसहित हस्ताक्षर अभियानको हिस्सा बनेका खबर सत्य हो भने त्योे कार्य निन्दनीय, दुर्भाग्यपूर्ण र आत्मघाती कदम भएको टिप्पणी गरेका छन् । प्रेस सल्लाहकार कर्णले सो धारणा भने व्यक्तिगत भएको प्रस्ट्याएका छन् ।

    प्रेस सल्लाहकार कर्णले वृत्तिविकासका वैकल्पिक सम्भावनाका विषयमा अन्तरप्रदेश सरुवा तथा अन्य व्यवस्था विचाराधीन नै रहेका बेला तात्तै खाऊ जली मरौँ भन्ने शैलीमा प्रदेश सरकारले अपनत्व नलिएको भाष्य सिर्जना हुनेगरी डिएफओहरूले घोषणापत्र र त्यसै आशयको अर्को निवेदनपत्रमा गरेको हस्ताक्षरलाई प्रदेशको स्वायत्तता र स्वशासनको मृत्युपत्रमा गरेको हस्ताक्षर भन्दै त्यसप्रति कुनै पनि दृष्टिले सहमत हुन नसकिने बताएका छन् ।

    मधेश प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय आएपछि पूर्ण समय डिएफओ हुने अवसर पाएका सन्तोषकुमार झा, सुभाषचन्द्र दास, हेमन्तकुमार साह, मञ्जुर अहमद, शैलेन्द्र मिश्र र विनोद सिँह लगायतले हस्ताक्षर गरेका लेख्दै प्रेस सल्लाहकार कर्णले सो हस्ताक्षर अभियानमा नव डिएफओ राजीवकुमार झा सहभागी भएको र तुलनात्मक रूपमा इमानदार र निष्ठावान् छविका राजीव त्यस्तो दुष्कार्यको हिस्सा बन्नुमा सहकर्मीहरूले राजनीतिक आस्था वा पृष्ठभूमि स्मरण गराएर उचाल्नु रहेको मेरो अनुमान व्यक्त गरेकाछन् ।

    अर्का वन कर्मचारी अञ्जना कायस्थले काठमाडौँ जान्छु भनी बकपत्र गर्नु आश्चर्यजनक नभएको उनले लेखेका छन् ।

    अनुकूल हुँदा प्रदेशमा चर्ने र प्रतिकूल भएपछि राजधानी हुँदै अन्य प्रदेशमा खनजोत गर्न पुग्ने कर्मचारीतन्त्रको पुरानै रोग भन्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले सङ्घ सरकारले सत्ताशक्ति आफैँमा केन्द्रित राख्ने मानसिकतामा रहेको र त्यसकै परिणाम संवैधानिक प्रावधानविपिरीत शान्तिसुरक्षाको अधिकार अझ प्रदेश सरकारलाई हस्तान्तरण नगरिएको औँल्याउँदै प्रदेशमा कर्मचारी बढुवा हुँदाका स्थितिमा पनि प्रदेशका कर्मचारी प्रमुख सचिव र सचिव नबनून भनेर नानाथरीका जालझेल गरिँदैआएको थपेका छन् ।

    उनले प्रदेशका नवौँ तहका डिएफआहरू सशक्त र अधिकारसम्पन्न प्रादेशिक संरचना विरोधी हेजिमनीका शिकार र मतियार भएका भन्दै प्रदेशका कर्मचारी हुने र सधैँ कार्यालय प्रमुखका रूपमा लाभान्वित हुने डिएफओसाबको नितान्त व्यक्तिगत स्वार्थप्रेरित तथा कलुषित भावबाट निष्पादित हस्ताक्षर गर्ने कार्यलाई भत्र्सनायोग्य ठहर गरेका छन् ।

    उनले डिएफओसम्बन्धी कानुन कार्यान्वयन नगरी सच्चयाउन आग्रह गर्नुपर्ने भन्दै घोषणापत्रको बुँदा नम्बर ४ मा वन ऐन २०७६ को डिभिजनल वन अधिकृतको परिभाषामा नेपाल सरकारले खटाएको डिभिजन वन कार्यालयको प्रमुख बुझिन्छ भन्ने ठाउँमा प्रदेश सरकारको डिभिजन वन कार्यालय प्रमुख बुझिन्छ र दफा ६७ (१)स मा मुद्दा हेर्ने अधिकारी, नेपाल सरकारको डिभिजनल वन अधिकृतको सट्टा नेपाल सरकार भन्ने शब्द झिक्ने गरी वन ऐनको संशोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने लेखाउनुपर्ने सुझाए ।

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले घोषणापत्रमा हस्ताक्षर गरे पनि डिएफओ प्रदेश सरकारबाट सङ्घ सरकारमा कहिल्यै नफर्कने पनि दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑