• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

  • वीरगंज संजाल
  • २ जेष्ठ २०८२, बिहीबार ०१:०४
  • ७८९

    बीबीसी । पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन होरु यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।

    नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।

    ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

    अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए।

    ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ।

    हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन्।

    झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ।

    लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।

    अध्ययनका निष्कर्षहरू
    अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौनसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन्।

    यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए। केहीले भने अगाडि नै यौनसम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए।

    अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए।

    झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए।

    महिला र पुरुषको समान चाहना

    पहिलो पटक यौनसम्पर्क गर्दा सहभागीहरू कौमार्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो।

    उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो।

    झन्डै आधा महिलाहरू र एकचौथाइ पुरुषहरूमा पहिलो यौनसम्पर्क राख्दा यौनिक तत्परता नभएको पाइएको छ।

    पाँचमध्ये एक महिला र १० मध्ये एक पुरुषले पहिलो यौनसम्पर्कका लागि आफ्नो साथी आफू जत्तिकै तयार नभएको र दबावमा सहमति दिएको हुनसक्ने बताएका थिए।

    सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौनसहमतिको कानुनी उमेर कुनै व्यक्ति यौनिक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन्।

    ‘प्रत्येक युवाको व्यक्तित्व फरक हुन्छ, कोही १५ वर्षमै तैयार हुन सक्छ भने कोही १८ वर्षसम्म पनि नहुन सक्छ।’

    अर्का अध्ययनकर्ता डा मेलिसा पाल्मरले भनिन्, ूहाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौनसम्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ।

    ‘यो अध्ययनले झन्डै ९० प्रतिशत युवाले पहिलो यौनसम्पर्कका बेला विश्वसनीय परिवार नियोजनका साधन प्रयोग गर्नेजस्ता केही सकारात्मक कुराहरू देखाएको भए पनि युवाहरू यौनिक सक्रियताको अवस्थामा नपुगेसम्म उनीहरूको बृहत्तर स्वस्थताका लागि थप कार्य गर्नुपर्ने देखिाएको छ।’

    उनले विद्यालयमा दिइने यौनशिक्षामा युवाहरूलाई सुरक्षित र सकारात्मक पहिलो यौनसम्पर्कका लागि साथीसँग कसरी राम्ररी कुरा गर्न सकिन्छ भनेर सिकाउनुपर्ने आवश्यकता रहेको बताइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑