• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने

  • वीरगंज संजाल
  • १ जेष्ठ २०८२, बुधबार ०१:०७
  • ५८१

    जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का कुनै पनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने भएको छ । सिटिइभिटीले एसइई–एसएलसी, प्रमाणपत्र तहमा प्राप्त गरेको जिपिए अंकका आधारमा विद्यार्थी भर्ना गर्ने भएको हो । विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अंकका आधारमा विद्यार्थी भर्ना गर्ने गरेकोमा यसै शैक्षिक सत्रदेखि एसइइ वा प्रमाणपत्र तहमा प्राप्त जिपिएका आधारमा भर्ना गर्न लागेको हो ।

    सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने बताउनुभयो । उहाँले भन्नुभयो “अब विद्यार्थीले सिटिइभिटी अन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु पर्दैन ।” प्रवेश परीक्षा लिईदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जिपिएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको उहाँले बताउनुभयो ।

    Advertesmentad
    कतिपय पूर्व तयारी कक्षा चलाउनेहरुले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने भन्दै रकम असुलेको गुनासो समेत आएको भन्दै उहाँले अब यस्तो समस्या हटेर जाने बताउनुभयो ।

    वैशाख २६ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको अध्यक्षतामा बसेको प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को २०७ औं बैठकले परिषद् अन्तर्गत प्रशिक्षार्थी भर्ना प्रक्रियाका लागि परीक्षाको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको थियो ।

    सिटिइभिटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ तयार गरी लागू गरेको छ । उक्त निर्देशिकामा एसइई परीक्षामा प्राप्त औसत ग्रेड प्वाईन्ट (जिपिए) को आधारमा योग्यताक्रम सूचि तय गर्ने व्यवस्था गरिएको छ ।

    उहाँका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसइइ वा एसएलसी उत्तीर्णलाई थप अंकभार वापत १ र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अंकभार वापत ०.८५ दिने व्यवस्था गरिएको छ ।

    सिटीइभिटी अन्तर्गत देशभर ६३ वटा आंगिक र प्रतिष्ठान एवं निजी गरी ४०० भन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताउनुभयो ।

    सिटिइभिटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाईन मार्फत् फारम भर्ने व्यवस्था समेत गरेको छ । आंगिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरुले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन् ।

    भरतपुर १२ गोन्द्राङमा रहेको श्रीचितवन कलेज (साविक श्रीमेडिकल एण्ड टेक्निकल कलेज) का कार्यकारी अध्यक्ष सरोज ढकालले प्रवेश परीक्षा नहुने व्यवस्थाले विद्यार्थीलाई सहज भएको बताउनुभयो । अनावश्यक रुपमा हुने चलखेल हट्ने र राम्रो अंक ल्याउने विद्यार्थीले अवसर पाउने उहाँले बताउनुभयो ।

    आफ्नो कलेजले भर्ना हुन चाहने विद्यार्थीलाई निःशुल्क परामर्श दिने गरेको बताउनुभयो । विद्यार्थीलाई कलेजबाटै अनलाईन फारम गर्ने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सिटीइभिटीका जुनसुकै कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थीले हाम्रो कलेजमा आएर फारम भर्न सक्ने व्यवस्था गरेका छौं ।”

    आफ्नो कलेजमा शैक्षिक सत्र २०८२/०८३ का लागि डिप्लोमा इन फार्मेसी (डि फार्मेसी), जनरल मेडिसिन (एचए), ल्याब टेक्निसियन (सिएमएलटी) र डाईग्नोस्टिक रेडियोग्राफीमा अध्ययनको अवसर रहेको उहाँले जानकारी दिनुभयो ।

    स्वास्थ्य नगरी चितवनमा लामो समयदेखि स्वास्थ्यका विभिन्न विषयका अध्ययन अध्यापन गराउँदै आएको श्रीकलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्रीचितवन कलेज हो । यस कलेजको आफ्नै एक सय शैयाको नेशनल सिटी अस्पताल रहेको छ । भरतपुरको केन्द्र भागमा भौतिक पूर्वाधार सम्पन्न कलेज भएको भन्दै अध्यक्ष ढकालले दक्ष, अनुभवी प्रशिक्षकहरुबाट आधुनिक कक्षा कोठाहरुमा मल्टिमिडियाको प्रयोग गरी अध्ययन अध्यापन गराईदै आएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “हाम्रो कलेजमा सैद्धान्तिक सँगै व्यवहारिक (प्रयोगात्मक) कक्षाहरु आधुनिक तरिकाले दक्ष र अनुभवी प्रशिक्षकहरुबाट अध्ययापन गराउँदै आएका छौं ।” यस कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीहरुले स्वदेश तथा विदेशमा तत्काल रोजगारी पाईरहेको उहाँको भनाई छ ।

    सिटीइभिटीका विभिन्न विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई कन्सल्टेन्सीहरुले तयारी कक्षा पढाउने गरेका थिए । यस्तो कार्यले विद्यार्थीलाई अतिरिक्त आर्थिक भार थपेको र कतिपयले कन्सल्टेन्सीले नाम निकालि दिने भन्दै विद्यार्थीबाट थप रकम समेत असुल्ने गरेको गुनासो बढ्दै गएपछि परिषद्ले परीक्षाको ढाँचा नै बदलेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑