• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

  • वीरगंज संजाल
  • २९ बैशाख २०८२, सोमबार ०८:२२
  • ३५८१

    वीरगन्ज । नयाँ लुगा किन्दिन्छु भन्ने प्रलोभन दिएर एक नाबालिकालाई भारतको रक्सौलमा लगेर यौनधन्दामा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी २४ वर्षीया आलिया खातुन रहेकी छन्।

    आलियाले नगवाकै विपन्न परिवारकी अन्दाजी १४ वर्षीया एक नाबालिकालाई नयाँ लुगा किन्दिने र पैसापनि दिने प्रलोभन दिएर बैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेकी थिइन् । त्यहाँ आलियाले ती बालिकालाई विभिन्न लजमा ७ दिननसम्म राखेर यौनधन्दामा लगाएकी थिइन् ।

    ती बालिकाका अभिभावकले छोरी घरबाट सम्पर्कविहिन भएपछि खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि खोजतलाशमा खटिएको प्रहरीले आलिया र ती बालिका दुवै जना आलियाको घरमा रहेको सूचना शुक्रबार मध्यरातमा पाएको थियो । शनिबार बिहान २ बजेतिर ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले नगवास्थित आलियाको घरमा पुगेर छापा मारेर ती बालिकाको उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    प्रहरीसंगको बयानका क्रममा पिडित बालिकाले आँफुलाई आलियाले झुक्याएर रक्सौल बजारमा लगेको र त्यहाँका विभिन्न लजमा लगेर पुरुष ग्राहकसंग पैसा लिएर आँफुलाई यौनधन्दामा लगाएको बताएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

    मिश्रका अनुसार, अनुसन्धानका क्रममा पक्राउ परेकी आलियाले यसभन्दा पहिलापनि बालिका र किशोरीलाई विभिन्न प्रलोभन दिएर यौनधन्दामा लगाउने गरेको खुलेको छ ।

    प्रहरी हिरासतमा रहेकी आलियाविरुद्ध मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

    मिश्रले आँफुले पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हाले यताको पछिल्लो तीन महिनाको अवधिमा मात्रै जिल्ला प्रहरी कार्यालय पर्सामा मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसूरमा ८ वटा मुद्धा दर्ता भएको जानकारी दिए । उक्त मुद्धामा ८ जना पक्राउ परेको र तीमध्ये ५ जनालाई अनुसन्धान सकाएर पुर्पक्षाका लागि कारागारमा पठाइएको र बाँकी ३ जना अनुसन्धानकै क्रममा प्रहरी थुनामा रहेको प्रहरी उपरीक्षक मिश्रले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑