• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालको जनसंख्याको दुई प्रतिशत यूएईमा कार्यरत, निरन्तर बढ्दै छ नेपालीको माग

  • वीरगंज संजाल
  • २३ बैशाख २०८२, मंगलवार १३:५१
  • ५६९

    काठमाडौं । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा श्रम स्वीकृति लिएर काम गर्ने नेपालीको संख्या ६ लाख पुगेको छ । “नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकको रूपमा रहेको यूएईमा करिब ६ लाख नेपालीले श्रम स्वीकृति लिएर काम गरिरहेको अनुमान छ,” यूएईको अुबुधाबीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो भनेको नेपालको कुल जनसंख्याको २.०५ प्रतिशत हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । पछिल्ला वर्ष वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट सबैभन्दा ठूलो संख्यामा युवाहरू यूएई जाने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, पछिल्ला वर्ष प्रत्येक महिना २० हजारभन्दा बढी नेपाली रोजगारीका लागि यूएई जाने गरेका छन् । “यूएईमा विभिन्न क्षेत्रहरूमा भएको लगानी विस्तारका कारण रोजगारीको अवसरमा भएको वृद्धि तथा यहाँका रोजगारदाताले नेपाली श्रमिकलाई प्राथमिकताका साथ भर्ना गर्न देखाएको रुचिलगायत विभिन्न कारणले नेपाली कामदारको मागमा पनि निरन्तर वृद्धि भइरहेको छ,” यूएईमा नेपालीसको संख्या बढ्नुको कारण नेपाली दूतावासले खुलाएको छ ।

    वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८०/८१ वैदेशिक रोजगारीमा गएका कुल सात लाख ४१ हजार २९७ जना नेपालीमध्ये एक लाख ९३ हजार ४३८ जना यूएई पुगेका थिए । अर्थात्, उक्त वर्ष वैदेशिक रोजगारीमा विदेश जाने कुलमध्ये २६.०९ प्रतिशतले यूएईलाई आफ्नो गन्तव्य बनाएका थिए । आर्थिक वर्ष २०७८/७९ मा एक लाख २२ हजार ६३५ जना र २०७९/८० मा एक लाख १६ हजार १५९ जना नेपाली वैदेशिक रोजगारीको लागि यूएई गएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार, पछिल्लो तीन आार्थिक वर्ष (२०७८/७९ देखि २०८०/८१) मा मात्र रोजगारी खोज्दै चार लाख ३२ हजार २३२ जना नेपाली यूएई गएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा अघिल्लो आर्थिक वर्षमा गएकाभन्दा बढी नेपाली वैदेशिक रोजगारीको लागि यूएई गइसकेका छन् । चालु आर्थिक वर्षको पहिलो नौ महिना अर्थात् २०८१ साउनदेखि चैत मसान्तसम्मको अवधिमा एक लाख ९६ हजार ९२१ जना नेपाली रोजगारीका लागि यूएई गएको विभागको तथ्यांकले देखाउँछ । औसतमा प्रतिमहिना २१ हजार ८८० नेपाली रोजगारीका लागि यूएई जान्छन्
    बितेको नौ महिनामा प्रत्येक महिना औसतमा २१ हजार ८८० जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि यूएई गएका छन् ।

    विभागको तथ्यांकअनुसार, २०८१ साउनमा १७ हजार ५४१, भदौमा १८ हजार ६०५, असोजमा १७ हजार ७२४, कात्तिकमा २३ हजार ६९, मंसिरमा २४ हजार ७६९, पुसमा २१ हजार १२१, माघमा २५ हजार ३०४, फागुनमा २५ हजार ११७ र चैतमा २३ हजार ६७१ जना नेपाली रोजगारीका लागि यूएई गएको देखिन्छ । वैदेशिक रोजगारीको लागि मात्र होइन, पछिल्ला वर्ष घुम्नका लागि यूएई जाने नेपालीको संख्या पनि बढ्दो छ । यूएई सरकारले अबुधाबीस्थित नेपाली दूतावासलाई उपलब्ध गरेको तथ्यांकअनुसार, सन् २०२४ मा चार लाख ३७ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए । सन् २०२३ मा यो संख्या एक लाख ७५ हजार रहेको थियो । सन् २०२२ मा भिजिट भिसामा दुई लाख ५५ हजार नेपाली यूएई पुगेका थिए ।यूएईमा नेपालीको संख्या बढेपछि त्यहाँस्थित नेपाली दूतावासलाई सीमित साधन, स्रोत र न्यून जनशक्तिका कारण सेवा प्रवाहमा कठिन भइरहेको छ ।

    “दूतावासमा रहेको सीमित साधन, स्रोत र न्यून जनशक्तिको उच्चतम उपयोग गर्दै गैरआवासीय नेपाली संघ र नेपाली समाजलगायत विभिन्न संघसंस्थाको सहकार्यमा राजदूतावासले ठूलो संख्यामा रहेका नेपालीलाई प्रदान गर्ने सेवालाई छिटो, छरितो, सहज र सरलीकृत बनाउन समयसमयमा यूएईका विभिन्न स्थानमा राहदानी नवीकरण तथा श्रमिक सचेतनालगायत विभिन्न सेवा प्रदान गर्न शिविर सञ्चालन गर्दै आएको छ,” नेपाली दूतावासले भनेको छ । सार्वजनिक बिदाका दिनमा समेत दूतावास परिसरमा नै राहदानी नवीकरण तथा श्रमिकको राहत र उद्धारसम्बन्धी कार्य नियमितरूपमा सम्पादन गर्दै आएको दूतावासले जनाएको छ । साथै, रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन र श्रमिकको राहत, उद्धार र क्षतिपूर्तिसम्बन्धी कार्य नियमितरूपमा सार्वजनिक बिदाका दिनमा समेत सम्पादन गर्ने गरिएको दाबी दूतावासको छ ।

    बर्सेनि यूएईमा दुई सयभन्दा बढी नेपालीको मृत्यु
    पछिल्ला वर्षमा बर्सेनि यूएईमा दुई सयभन्दा बढी नेपालीको मृत्यु हुने गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा मात्र यूएईमा २२६ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो नौ महिनामा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् । “दूतावासमा रहेको सीमित साधन स्रोत र न्यून जनशक्तिको उच्चतम उपयोग गर्दै दूतावासबाट गरिने प्रवाह सेवालाई अझ बढी प्रभावकारी, सरल र सहज बनाउन दूतावास सदैब प्रतिबद्ध रहेको छ,” दूतावासले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑