आज:
  • होमपेज / खेलकुद

    आईपीएलमा पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार

  • वीरगंज संजाल
  • २७ चैत्र २०८१, बुधबार ००:३५
  • २०९७

    काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै पञ्जाबले चार खेलमा तेस्रो जित निकालेको हो ।

    पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनायो । डेभन कनवेले सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनी १८औं ओभरमा रिटायर आउट भए ।

    शिवम दुबेले ४२, रचिन रविन्द्रले ३६ तथा एमएस धोनीले २७ रन बनाए । पञ्जाबका लकी फर्गुसनले २ विकेट लिँदा ग्लेन म्याक्सवेल र यश ठाकुरले १-१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो । ओपनर प्रियान्श आर्याले शानदार शतक बनाएका थिए ।

    ३९ बलमै शतक पूरा गरेका उनले बलमा ७ चौका र ९ छक्कासहित ४२ बलमा १०३ रन बनाए । शशांक सिंह ५२ रनमा अविजित रहे । पावरप्लेमै ३ विकेट गुमाएको भएपनि प्रियान्शले अर्कोतर्फबाट निरन्तर अट्याक गर्दै बाउन्ड्री प्रहार गरिरहे ।

    ८ ओभरमा ८३ रनमा ५ विकेट गुमेपनि त्यसपछि प्रियान्श र शशांक तथा शशांक र यानसेन मिलेर अर्धशतकीय साझेदारी गर्दै स्कोर २०० कटाए । यानसेन १९ बलमा ३४ रनमा नटआउट रहे । चेन्नईका खलील अहमद र रविचन्द्रन आश्विनले २-२ तथा मुकेश चौधरी र नूर अहमदले १-१ विकेट लिए ।

    यस जितसँगै ४ खेलमा ६ अंक जोडेको पञ्जाब अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अंक मात्र रहेको चेन्नई नवौं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चित्रांश युवा समितिद्वारा प्रथम कायस्थ सुपर सिक्स क्रिकेट सम्पन्न
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • आईपीएलको उपाधि बेंगलुरुलाई
  • प्रत्युषा र प्रयासजंगको स्वर्णसहित नेपाललाई ६ पदक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑