• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व-भ्रमणमा निस्किएको नेसनल जियोग्राफिकको बोइङ काठमाडौंबाट फर्कियो

  • वीरगंज संजाल
  • २६ चैत्र २०८१, मंगलवार ०६:०८
  • १०५३

    काठमाडौँ | राजावादीको हिंसात्मक झडपले काठमाडौंमा थुप्रै सर्वसाधारणको मनमा गहिरो घाउ छाडिरहेकै बेला काठमाडौं विमानस्थलको पार्किङमा राखिएको ‘नेसनल जियोग्राफिक’ लेखिएको बोइङ-७५७ विमानले यो साता धेरैलाई उत्सुकता जगाइदियो ।

    वायु प्रदूषणले काठमाडौंको आकाश धुम्मिए पनि विमानस्थलको एप्रोनमा राखिएको नेसनल जियोग्राफिकको जहाज भने पहेँलो रंगको ब्रान्ड नाम र लोगोले टाढैबाट चम्किएको थियो । झडप र प्रदूषणले काठमाडौं अशान्त भइरहेका बेला अमेरिकाबाट आएको त्यो जहाजले भने नेपाली पर्यटन व्यवसायीहरूका लागि खुसीको बहार नै ल्याइदिएको थियो ।

    अमेरिकाको सियाटल राज्यबाट एक महिनाका लागि विश्व-भम्रणमा निस्किएका ७७ जना अमेरिकी धनाढ्य पर्यटक शुक्रबार काठमाडौंमा उत्रिएका थिए । उनीहरूको उद्देश्य काठमाडौंको कला, संस्कृति र सम्पदाको अवलोकन गर्ने मात्रै थियो ।

    ‘जहाजमा काठमाडौंमा उत्रिएका ती सबै अमेरिकी पर्यटक थिए’, भ्रमणको नेपालमा व्यवस्थापन गर्ने यति होलिडेजका कार्यकारी निर्देशक हेमन्त कोलाक्षपतिले भने,‘उनीहरू अधिकांश नेसनल जियोग्राफिकलाई आर्थिक सहायता गर्ने धनी अमेरिकी नागरिक र नेसनल जियोग्राफिकबाट अवकासप्राप्त कर्मचारी थिए ।’ उनीहरूको यात्राको जिम्मा अमेरिकी ट्राभल कम्पनीले भारतको भेनटुर्स एभिएसन प्रालिमार्फत नेपालमा यतिलाई दिएको थियो ।

    शुक्रबार बिहान सवा ११ बजे काठमाडौंमा उत्रिएलगत्तै ७७ जनै बौद्ध पुगे । महँगा पेन्टिङ, पस्मिना र सिंगिङ बाउल किने । दिउँसो सबै बत्तीसपुतलीमा रहेको पाँचतारे होटल द्वारिकाज् आए, नेपाली खाना खाए । दिउँसो भक्तपुर दरबारको अवलोकनमा गए । शनिबार बिहानै भने केही पशुपति घुम्न निस्किए । शनिबार दिउँसै उनीहरू भुटान एयरलायन्सको विमानमा पारो उत्रिए ।

    ‘अमेरिकाबाटै चार्टर गरेर ल्याइएको बोइङ–७५७ भुटानमा अवतरण गर्न नसकिने भएपछि उनीहरू भुटान एयरलायन्समा गएका हुन्,’ कार्यकारी निर्देशक कोलाक्षपतिले कान्तिपुरसँग भने । सोमबार बिहान भुटानबाट फर्केका उनीहरू दिउँसो साढे १ बजे त्यही चार्टर बोइङ चढेर काठमाडौंबाट भारतको वाराणसी हुँदै आग्रा फर्केका छन् । त्यसपछि उनीहरू कम्बोडिया, थाइल्यान्ड, बेलायत हुँदै अमेरिका फर्किने तालिका रहेको छ ।

    नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाका अनुसार, गुणस्तरीय सेवा र अनुभवका लागि सुविधासम्पन्न होटलको खोजी गर्दै नेपालमा प्राय: विरलै लक्जरी पर्यटक (हाई–इन्ड) पर्यटक आउने गर्छन । ‘स्तरीय सडक, उडानको सुनिश्चिता र गुणस्तरयुक्त पर्यटकस्तरीय पूर्वाधारमा लगानी थपिएमा नेपालमा यस्ता खाले पर्यटक आउने धेरै सम्भावना छ,’ अध्यक्ष थपलियाले भने, ‘उनीहरूले गर्ने खर्च पनि अरुको भन्दा धेरै नै हुन्छ ।

    यति होलिडेजका अनुसार यो विमान काठमाडौंमा रहँदा काठमाडौं विमानस्थललाई पार्किङलगायतका शुल्क नै दैनिक ८ लाख रुपैयाँ बुझाएको छ । त्यस्तै होटल बसाइ र खानपानमा पनि उक्त समूहले दैनिक ४० देखि ४५ हजार डलर (६१ लाख हाराहारी) खर्च गरेको कोलाक्षपतिले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑