• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी, संवेदनशील डेटा डार्क वेबमा बिक्रीमा !

  • वीरगंज संजाल
  • १३ चैत्र २०८१, बुधबार २०:४४
  • ८६९

    काठमाडौं । ह्याकरको एक समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट ह्याक गरेको दाबी गरेको छ । डेटा खरिद-बिक्री गर्ने प्लेटफर्म ब्रिच फोरममा बुधबार पोस्ट राख्दै ‘घुद्रा’ (Ghudra) नामक ह्याकरको समूहले हेलो सरकारको सिस्टम नियन्त्रणमा लिएको दाबी गरेको हो ।

    यो समूहले आफू ‘फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत रहेको उल्लेख गरेको छ । फेन्सी बियर्स एपीटी २८ समूह रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएको समूहका रूपमा लिइन्छ । यो संवेदनशील जानकारी चोर्ने र डिभाइसमा हानिकारक सफ्टवेयर इन्स्टल गर्ने समूहका रूपमा परिचित छ । यस समूहको निशानामा प्रायः सरकारी कार्यालय पर्ने गर्छन् ।

    “नेपाल सरकारले हामीसँग सम्पर्क गर्न अस्वीकार गरेकाले हामी यो सुरक्षा डेटा उल्लङ्घन बिक्री गर्न बाध्य भएका छौं,” ह्याकरले पोस्टमा भनेको छ । उक्त पोस्टमा हेलो सरकारको सिस्टमको फाइल मेनेजरको स्क्रिनशट राखिएको छ । जहाँ ‘https://gunaso.opmcm.gov.np/’ को लिङ्क शीर्ष स्थानमा राखिएको देख्न सकिन्छ ।

    स्क्रिनशट विश्लेषण गर्दा यो यस्तो इन्टरफेस भएको देखिन्छ, जसले सुरक्षाको जानकारी, फाइल एक्सेस, कन्सोल, डेटाबेस मेनेजमेन्ट, पीएचपी सेटिङको अप्सन उपलब्ध गराउँछ ।

    ह्याकरले आफूसँग सबै डेटावेसको ब्याकअप रहेको दाबी गरेको छ । उक्त स्क्रिनशटमा ४९.९८ जीबीको सर्भर स्टोरज भएको देखिन्छ । जसमा ८.३२ जीबी स्टोरेज बाँकी भएको देखाइएको छ ।

    ह्याकरले आफूसँग युजरनेम, इन्क्रिप्टेड पासवर्ड, मोबाइल नम्बर, उक्त युजर नेम बनाएको मिति रहेको उल्लेख गरेको छ । त्यसमा पेस्टबिनको लिङ्क पनि राखिएको छ ।

    पेस्टबिन भनेको यस्तो साइट हो, जहाँ अस्थायी रूपमा कुनै जानकारी पेस्ट गरिन्छ । उक्त लिङ्कमा व्यक्तिको नाम, नम्बर, ईमेल र गुनासोसँग सम्बन्धित ईमेल र पासवर्ड राखिएको छ ।

    टेकपानाले त्यहाँ भएका कूल १७ ओटा अकाउन्टमध्ये अधिकांशलाई सम्पर्कको प्रयास गरेको थियो । सम्पर्कमा आएका व्यक्तिहरूले नाम, नम्बर र आफू काम गर्ने ठेगाना पुष्टि गरेपनि गुनासोसँग सम्बन्धित ईमेलबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे । त्यसमा अधिकांश नगरपालिकाको प्रशासन हेर्ने प्रमुखको नाम राखिएको देखिन्छ ।

    यस विषयमा हेलो सरकारसँग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

    साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका जानकारहरूका अनुसार ह्याकरले दाबी गरेको डेटा वास्तविक नै भएको देखिन्छ । यद्यपि ह्याकरले दाबी गरेको एक लाख प्रयोगकर्ताको डेटा उसँग छ वा छैन भन्ने पुष्टि हुन सकेको छैन ।

    ह्याकरले ब्रिच फोरममा टेलिग्राम च्यानलको पनि लिङ्क उपलब्ध गराएको छ । उक्त च्यानलमा नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको डेटाको पहुँच भएको दाबी गरिएको छ । यसको मूल्य १००० डलर (करिब १३ लाख रुपैयाँ) राखिएको छ । त्यस्तै लाइभ शेल एक्सेस (Live Shell Access) पाउन १३०० डलर तिर्नुपर्ने भनिएको छ ।

    २७ फागुनदेखि हेलो सरकारको सिस्टम डाउन छ । सिस्टम नचलेपछि हेलो सरकारले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको थियो । अहिलेसम्म पनि उक्त वेबसाइट डाउन छ । तर, हेलो सरकारले साइट अवरुद्ध  हुनुको कारण बाहिर ल्याएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑