वेलिङटन । न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.५ मापन गरिएको छ ।
यो भूकम्प न्युजिल्याण्डको साउथ आइल्याण्डको पश्चिमी तटमा भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यहाँका कतिपय भवनहरूमा क्षति पुगेको विवरण सार्वजनिक भए पनि मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।