• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रयोगकर्ताकै लापरबाहीले डिभाइसमा मालवेयर पसेपछि २२ हजार बढी डिजिटल वालेट अकाउन्ट ह्याक

  • वीरगंज संजाल
  • ६ चैत्र २०८१, बुधबार १३:०९
  • ३९७

    काठमाडौं । डिभाइसमा मालवेयर पस्दा २२ हजार बढी नेपालीको डिजिटल वालेट अकाउन्ट ह्याकरको हातमा पुगेको तथ्य बाहिरिएको छ । साइबर सुरक्षा विश्लेषक विजय लिम्बुले प्रस्तुत गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इसेवा प्रयोगकर्ताका अकाउन्ट ह्याक भएका छन् ।

    विश्लेषक लिम्बुका अनुसार ह्याकरको नियन्त्रणमा पुगेका अकाउन्टमध्ये १५,४२० इसेवा, ५,८७१ खल्ती र १,४५३ आइएमई पेका अकाउन्ट रहेका छन् ।

    त्यसैगरी ह्याकरले कम्बो लिस्ट (डेटा ब्रिचमार्फत विशेष फर्म्याटमा उपलब्ध युजरनेम र पासवर्ड) प्रयोग गरी ५५ हजारभन्दा बढी डिजिटल वालेट अकाउन्ट ह्याक गरेका छन् । तीमध्ये ३८ हजार ५७५ इसेवा, १३ हजार ६६० खल्ती र तीन हजार ५४७ आइएमई पेका अकाउन्ट छन् ।

    त्यसबाहेक साइबर आक्रमणका अन्य विधि (जस्तै; फिशिङ र सोसल इन्जिनियरिङ) मार्फत थप ७,६३१ अकाउन्ट ह्याक भएका छन् । तीमध्ये ​५,१११ इसेवा, २,५१३ खल्ती र ७ आइएमई अकाउन्ट ह्याकरको नियन्त्रणमा पुगेको लिम्बुले उल्लेख गरेका छन् ।

    यसरी कूल ५९ हजार १०६ इसेवा, २२ हजार ०४४ खल्ती र ५,००७ अकाउन्ट आइएमई पेका अकाउन्ट ह्याकरको हातमा पुगेको तथ्याङ्कमा उल्लेख छ ।

    त्यसैगरी इसेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल वालेट कम्पनीको ईमेल अकाउन्ट पनि ह्याकरको नियन्त्रणमा रहेको लिम्बुको दाबी छ । उनका अनुसार इसेवाका ७८ जना, खल्तीका ६ जना र आइएमई पेका २४ जना कर्मचारीका ईमेल अकाउन्ट ह्याकरको नियन्त्रणमा पुगेका छन् ।

    “लापरबाही तरिकाले डिजिटल वालेट चलाउँदा अकाउन्ट नै ह्याक हुने गरेको छ,” लिम्बुले भने, “हामीले अनुसन्धानमा ८६ हजार बढी डिजिटल वालेट अकाउन्ट ह्याक भएको पायौं । ती सबै प्रयोगकर्ताको लापरबाही र बेवास्ताले नै हो ।”

    खासगरी क्रयाक सफ्टवेयर प्रयोग गर्ने, अनावश्यक र अपरिचित फाइल डाउनलोड गर्ने र सामाजिक सञ्जालबाट शङ्कास्पद फाइल डाउनलोड गर्नाले अकाउन्ट ह्याक हुने गरेको उनले सुनाए । त्यसरी अनावश्यक ईमेल लिङ्कमा क्लिक गर्दा डिभाइसमा इन्फो स्टिलर (जानकारी चोर्ने) मालवेयर प्रवेश गर्ने र त्यहीँबाट प्रयोगकर्ताको अकाउन्ट ह्याकरको हातसम्म पुग्ने उनले उल्लेख गरे ।

    “यस्ता मालवेयरले ब्राउजरबाट कुकिज जानकारी चोर्छन्,” उनले अगाडि भने, “त्यसरी मालवेयरले ब्राउजरको कुकिज जानकारी चोरी ह्याकरको हातमा पार्छ ।” यस्ता इन्फो स्टिलर मालवेयरले मल्टिफ्याक्टर अथेन्टिकेसनलाई समेत माथ खुवाउन सक्ने उनको अध्ययनले देखाएको छ ।

    अनुसन्धानकर्ता लिम्बुले यस्ता घटनाबाट जोगिन आधिकारिक सफ्टवेयर प्रयोग गर्न, अनावश्यक लिङ्क नखोल्न र शंकास्पद फाइल परीक्षण गरेर मात्र प्रयोग गर्न सुझाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑