आज:
  • होमपेज / Breaking News

    SEE परीक्षामा केन्द्राध्यक्ष गोलाप्रथाबाट गर्नु नत्र परीक्षाबाट अल्लगिन्छौँ : मुख्यमन्त्री

  • वीरगंज संजाल
  • ४ चैत्र २०८१, सोमबार १४:२२
  • १३५३

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष गोलाप्रथाबाट मात्र चयन गर्न निर्देशन दिएका छन् ।

    यही चैत्त ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि मधेश प्रदेशको हरेक केन्द्रमा केन्द्राध्यक्ष गोला प्रथाबाट नियुक्ति गर्न निर्देशन दिएपनि माध्यमिक शिक्षा बोर्डले परीक्षा केन्द्र रहने विद्यालयकै प्रधानाध्यापक केन्द्राध्यक्ष हुने सूचना जारी गरेपछि मुख्यमन्त्री सिँहले परीक्षाबाट अलग्गिने चेतावनी समेत दिएका छन् ।

    मुख्यमन्त्री सतिशकुमार सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसइई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने चेतावनी ले्खिएको छ ।

    प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने सम्बद्ध निकाय तथा अधिकारीहरूलाई मुख्यमन्त्री सिँहले निर्देशन दिएको उल्लेख गरिएको सो विज्ञप्तिमा सोहीअनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी कार्यान्वयनका लागि जिल्ला परीक्षा समन्वय समितिलाई पठाइए पनि सो निर्णयविपरीत विभिन्न जिल्लामा साबिकको व्यवस्थाबमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको बुझिएको जनाइएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण गर्ने र केन्द्राध्यक्ष तथा अन्य कर्मचारीको नियुक्ति एवम् परीक्षा सञ्चालन गर्दा जिल्लास्थित जिल्ला परीक्षा समवय समितिसँगको समन्वयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गर्ने व्यवस्था हुँदाहुँदै बोर्डले जारी गरेको जारी गरेको निर्देशिकामा केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखले गर्ने भन्ने आधारमा कुरा फरक, विरोधाभाषी र अनर्गल भएको बताइएको छ ।

    केन्द्राध्यक्ष नियुक्तिलगायतका विषयमा नियमावलीमा स्पस्ट रूपमा सुपरिभाषित, सुनिश्चित र निर्दिष्ट हुँदाहुँदै पनि निर्देशिकामा उल्लिखित प्रावधानका नाउँमा जिल्ला परीक्षा समन्वय समितिका सदस्यसचिव समेत रहने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखका यथास्थितिवादी सोच, स्वार्थप्रेरित शैली र दुराग्रही व्यवहारका कारण त्यस्तो हुने स्थिति आएको आँकलन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    केन्द्र रहने विद्यालयकै प्रधानाध्यापक केन्द्राध्यक्ष रहँदा केन्द्रमा अनियमितता हुने सञ्जाल बाक्लिएको र जरो गाडेको तथ्यपूर्ण विश्लेषण सार्वजनिक भइरहँदा सोही व्यवस्थालाई पुनरावृत्ति गर्न उद्यत शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको मनसुबा पुरा हुन नदिन र परीक्षालाई स्वच्छ तथा मर्यादित बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको जनाइएको विज्ञप्तिमा मुख्यमन्त्री सिँहले परीक्षा प्रणालीमा शक्ति र प्रभावको दुरुपयोग रोक्न गोलाप्रथाबाटै केन्द्राध्यक्ष चयन गर्न सम्बन्धित सबै पक्षको पुनः गम्भीर ध्यानाकृष्ट गराएको जनाइएको छ ।

    गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्ने विषयमा प्रदेश सरकारका अधिकारीहरू राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जनाइएको सो विज्ञप्तिमा गत फागुन २६ गते जनकपुरधाममा प्रदेश सरकारद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा २०८१ सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमबाट प्राप्त सल्लाहसुझाव समेतका आधारमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको सोही दिनको बैठकले निर्देशिकामा तोकिएका प्रक्रियाका अतिरिक्त केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा जिल्लामा कार्यरत मावि तहका शिक्षक वा प्रअ वा केन्द्र कायम भएका विद्यालयका प्रअमध्येबाट केन्द्राध्यक्षका लागि रोस्टर तयार गरी सो रोस्टरमा रहेका सम्बन्धित केन्द्राध्यक्षलाई निजहरूकै उपस्थितिमा तथा जिल्ला परीक्षा समन्वय समितिको रोहबरमा जेष्ठ शिक्षकबाट क्रमशः केन्द्रका नाउँ उल्लेख भएका गोला तान्न लगाई केन्द्राध्यक्ष तय गर्ने निर्णय गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑