• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट

  • वीरगंज संजाल
  • १ चैत्र २०८१, शुक्रबार १०:०६
  • १०६९

    घोराही । दाङको घोराहीमा विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद हुँदा विद्यालयका प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट भएको छ । घोराही उपमहानगरपालिका–१४, नयाँबजारमा रहेको शुभप्रभात माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा विद्यालयका प्रधानाध्यापक रुद्र बुढासहित नेकपा बहुमतनिकट अखिल (क्रान्तिकारी) दाङ जिल्लाका अध्यक्ष नरेन्द्र विक र विद्यार्थी नेता पवन विकमाथि कुटपिट भएको हो ।

    फागुन ४ गतेदेखि रिक्त रहेको विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रो पटक अभिभावक भेला बोलाइएको थियो । भेलामा गणपूरक सङ्ख्या नपुगेका कारण माइन्युट लेख्न नमान्दा आफूमाथि कुटपिट भएको विद्यालयका प्रधानाध्यापक बुढाले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति गठनको भेलामा गणपूरक सङ्ख्या नपुगेका कारण माइन्युट उठाउन नमान्दा घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष भानसिंह बुढालगायतका व्यक्तिबाट कुटपिट भएको प्रधानाध्यापक बुढाले बताउनुभयो ।

    उहाँले ३७० भन्दा बढी अभिभावक रहेको विद्यालयमा तेस्रो पटक बोलाइएको भेलामा १२३ जना मात्रै अभिभावक उपस्थित भएका र ५१ प्रतिशत गणपूरक सङ्ख्या नपुग्ने भएकाले आफूले चौथो पटक भेला बोलाउन माग गर्दा कुटपिट भएको बताउनुभयो ।

    “गणपूरक सङ्ख्या नपुगेको अवस्थामा व्यवस्थापन समिति गठन गर्न नसकिने मैले बताएपछि ममाथि कुटपिट भयो,” प्रधानाध्यापक बुढाले भन्नुभयो, “कुटपिटका कारण देखिने चोट नभए पनि शरीरका विभिन्न ठाउँमा दुखिरहेको छ ।” कुटपिटका कारण घाइते भएका प्रधानाध्यापकसहित तीन जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

    वडाध्यक्ष भानसिंह बुढाले आफूनिकट र विद्यालय प्रधानाध्यापक रुद्र बुढाले निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दोहो¥याउन खोज्दा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिएन । विद्यालय व्यवस्थापन समिति गठनका लागि पहिलो पटक बोलाइएको भेलामा १२८ र दोस्रो भेलामा ४८ जना अभिभावक उपस्थित भएका र गणपूरक सङ्ख्या १८६ नपुगेका कारण तेस्रो पटक भेला बोलाइएको थियो ।

    वडाध्यक्ष बुढाले भने आफू विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको भेलामा गएको तर कुटपिटमा संलग्न नरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको भेलाबाट व्यवस्थापन समिति गठन नहुने अवस्था भएपछि अभिभावकबिच विवाद भई झडप भएको तर त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउनुभयो । प्रधानाध्यापकमाथि कुटपिट गरेको भनेर गलत रूपमा प्रचार गर्ने काम भएको भन्दै वडाध्यक्ष बुढाले भन्नुभयो, “कुटपिटको घटनामा मेरो कुनै संलग्नता छैन । मेरो चरित्रहत्या गर्ने गरी गलत प्रचार भएको छ ।”

    विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर भएको विवादको विषयलाई मिलाउनका लागि दुवै पक्षसँग छलफलको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो । विवाद भएपछि दुवै पक्षलाई बोलाएर छलफलको प्रयास भइरहेको शाहले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑