बारा । सिकिन्द्र साह । बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित रानिवास मन्दिर नजिकैबाट लागू औषधसहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले शनिबार बिहानको समयमा सिम्रौनगढ नगरपालिका–२ खजानी टोलका ३५ वर्षीय किशोरी प्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको टोलीले कुशवाहालाई जाँच गर्दा ट्रामाडोल ३२ ट्याबलेट र एभिल ६ पिस बरामद गरेको छ।
प्रहरीका अनुसार कुशवाहा लामो समयदेखि लागू औषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा निगरानीमा थिए। उनलाई नियन्त्रणमा लिन विभिन्न तरिकाबाट खोजी गरिएको र अन्ततः पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक पछाईले जानकारी दिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।