बारा । सिकिन्द्र साह ।बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६, टोेल पटेर्वाबाट गएका प्रदीप कुमार शर्माको सर्लाही जिल्लाको बरहथवा दीपक पार्टी प्यालेसमा सम्पन्न विवाह समारोहमा अनौठो दृश्य देखियो।
आईएमई समूहका मधेश प्रदेश प्रमुख अशोक यादवले बेहुला-बेहुलीलाई QR कोडमार्फत १० हजार रुपैयाँ हस्तान्तरण गर्दै डिजिटल दक्षिणाको नयाँ परम्परा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले बिहे समारोहमा बोल्दै भने, “बिदेशमा डिजिटल लेनदेन सामान्य भइसकेको छ। अब नेपालमा पनि यसलाई तिव्र रूपमा विस्तार गर्न आवश्यक छ। देशलाई सिंगापुर जस्तो प्रविधिमैत्री बनाउन युवाले डिजिटल भुक्तानीलाई आत्मसात् गर्नुपर्छ।”
यादवले थपे, “खल्तीमा नगद राखेर किनमेल वा लेनदेन गर्ने परम्परालाई अन्त्य गर्नुपर्छ। अब सबै प्रकारका आर्थिक कारोबार QR कोडमार्फत गर्दा देशको आर्थिक समृद्धि र व्यक्तिगत विकासमा ठुलो टेवा पुग्नेछ।”