• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बजारमा एलपी ग्यास अभाव, उद्योगीले कमिशनको माग नछोडे सरकारले के गर्छ

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८१, मंगलवार ०८:५१
  • ९८९

    वीरगन्ज । नेपाल एलपी ग्यास उद्योग सङ्घ र सरकारबीच सहमति जुट्न नसक्दा उपभोक्ताहरूले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका छन्। उद्योगीहरूले आफ्ना माग पूरा नभए ग्यासको बिक्रीवितरण नै बन्द गर्ने चेतावनी दिएका छन्।

    आफूहरूले पाउँदै आएको कमिशनलाई प्रतिशतमा रूपान्तरण गरिनुपर्ने र मूल्यअनुसार हेरफेर हुने स्वचालित प्रणालीमा लग्नुपर्ने लगायतका माग उनीहरूको रहेको छ।

    सरकार र सङ्घका प्रतिनिधिहरूबीच वार्ता भए पनि मुख्य विषयमा सहमति जुट्न नसकेको सङ्घका उपाध्यक्ष दिवान चन्दले बीबीसीलाई बताए। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने अबको एक-दुई दिनमा समस्या सुल्झिने विश्वास व्यक्त गरेका छन्।

    कार्यक्रम घोषणा गरेका हुन्।

    फागुन २४ गतेदेखि रिफाइनरीबाट एलपी ग्यास लोडिङ नगराउने घोषणा गरेको सङ्घले चैत १ गतेदेखि भन्सारबाट ग्यास ढुवानी गर्ने बुलेट नछुटाउने बताएको छ।

    सो अवधिमा पनि आफ्ना मागहरू सम्बोधन नगरिए आउँदो चैत १ गतेदेखि उद्योगहरूबाट ग्यासको बिक्रीवितरण बन्द गर्ने र ११ गतेदेखि डीलरहरूबाटै बिक्रीवितरण बन्द गर्ने सङ्घले चेतावनी दिएको छ।

    वार्ताका क्रम सरकारी अधिकारी तथा उद्योगीहरूतस्बिर स्रोत,Diwan Chanda
    विसं २०७५ सालयता सरसामानहरूको भाउमा ठूलो परिवर्तन भइसके पनि आफूहरूले पाउने मुनाफामा कुनै फेरबदल नभएको उद्योगीहरू बताउँछन्।

    “२०७५ सालमा प्रतिसिलिन्डर १,३७५ रुपैयाँ मूल्य हुँदा पनि हामीले ३२ रुपैयाँ पाउँथ्यौँ भने अहिले प्रतिसिलिन्डर १,९१० रुपैयाँमा बिक्री हुँदा पनि त्यति नै छ,” सङ्घका उपाध्यक्ष दिवान चन्दले बीबीसी न्यूज नेपालीसँग भने। “उद्योगीहरूले पाउँदै आएको १.७५ प्रतिशत कमिशनलाई बढाएर २.७५ प्रतिशत पुर्‍याउनुपर्ने हाम्रो माग हो।”

    कमिशनको विषयमा आफूहरूले अघि सारेका माग सम्बोधन नगरिएसम्म सहमत हुन नसकिने सङ्घका पदाधिकारीहरूको भनाइ छ। “हामीले पाउँदै आएको कमिशनलाई प्रतिशतमा कन्भर्ट गरिदिनुपर्ने र स्वचालित प्रणालीमा लगिदिनुपर्ने मुख्य माग हो। त्यो हाम्रो बटमलाइन पनि हो,” चन्दले भने।

    भारतबाट आयात हुने ग्यासको गुणस्तर हेर्न प्रयोगशाला निर्माणलगायतका पनि माग उद्योगीहरूले गरेका छन्।

    त्यसका साथै विसं २०७० सालमा भएको सहमतिअनुसार राज्यले ७५ प्रतिशत र उद्योगीले २५ प्रतिशत खर्च बेहोर्ने गरी जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालनबारे भएको सहमति कार्यान्वयनमा जानुपर्ने उनीहरूको माग छ।

    अधिकारीहरू के भन्छन्
    नेपाल आयल निगम आफैँले एलपी ग्याससम्बन्धी विभिन्न खर्च बेहोर्दै आएको छ।

    भारतबाट आयात गर्दा हुने खर्च, नेपालभित्रै ५० किलोमिटरसम्मको ढुवानी खर्च र ‘फिलिङ’ लगायतका खर्च उसले बेहोर्ने गरेको उद्योगीहरू बताउँछन्।

    ती खर्चहरूबाहेक निगमले उद्योगीहरूलाई प्रतिसिलिन्डर एलपी ग्यास ३२ रुपैयाँ कमिशन दिँदै आएको छ।

    एलपी ग्यास लिएर आएका बुलेटहरूतस्बिर स्रोत,RSS
    तस्बिरको क्याप्शन,खाना पकाउने ग्यासमा निगमले घाटा बेहोर्दै आएको अधिकारीहरू बताउँछन्
    नेपालमा ग्यास तथा पेट्रोलियम पदार्थको आयात तथा अधिकृत विक्रीको एकाधिकार निगमलाई रहिआएको छ।

    निगमका प्रवक्ता ठाकुरका अनुसार कमिशन बढाउनुपर्ने उद्योगीहरूको मागपछि एउटा अध्ययन कार्यदलमार्फत्‌ सुझाव पनि लिइएको छ।

    उक्त कार्यदलले दिएको अध्ययन प्रतिवेदन निगमको सञ्चालक समितिमा पेश समेत भइसकेको उनले बीबीसीलाई बताए।

    यद्यपि कार्यदलले कति प्रतिशत कमिशन बढाउन सुझाव दिएको छ र निगमले कति प्रतिशतले बढाउँला भन्नेबारे प्रवक्ता ठाकुरले उल्लेख गर्न चाहेनन्।

    अब एक-दुई दिनमै उहाँहरूको माग सम्बोधन हुन्छ। भनेअनुसार सबै माग पूरा हुन्छ भन्ने छैन नि,” उद्योगीहरूले मागेसरह २.७५ प्रतिशत कमिशन दिन नसकिनेबारे उनले खुलाए।

    उद्योगीहरूले पनि हालसम्मका छलफलबाट सरकारको तर्फबाट कमिशन प्रतिशतबारे सकारात्मक सङ्केत नपाएको बताएका छन्।

    “कमिशन बढाउनुपर्ने तपाईँहरूको मागको आधार बुझ्न सकिएन भन्ने जबाफ उहाँहरूबाट पाउने गरेका छौँ,” सङ्घका उपाध्यक्ष दिवान चन्दले भने।

    यद्यपि सो मागमा सरकार सहमत भए बाँकी मागबारे सम्झौता गर्न सकिने उद्योगीहरूले सङ्केत गरेका छन्।

    सरकार र उद्योगीहरू आआफ्नो अडानमा कायम रहँदा त्यसको प्रत्यक्ष मार चाहिँ आफूहरूलाई परेको उपभोक्ताहरूको गुनासो छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑