सप्तरी । सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरिएको प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए । उनका अनुसार अहिले गोदाममा खोजविन चलिरहेको छ ।
गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ । कसको गोदाम हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनायो ।
गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको प्रहरी प्रमुख खतिवडाले बताए । सीडीओ भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्तरूपमा गोदाममा छापा मारेको हो ।