• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी विधेयकमा संशोधनको बाढी, सत्ता भन्दा प्रतिपक्षी अगाडि

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०८१, शुक्रबार १७:५१
  • ९२९

    काठमाडौँ । ‘नेपाल प्रहरी विधेयक, २०८१’ मा ५० भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन् ।  विधेयकमा सत्ता र प्रतिपक्षका सांसदबाट कुल ५२ वटा संशोधन प्रस्ताव दर्ता भएको संघीय संसद् सचिवालयले शुक्रबार जनाएको छ ।

    सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार तीमध्ये प्रतिपक्षी दलका सांसदहरूले ३५ संशोधन प्रस्ताव दर्ता गराएका छन् भने सत्तापक्षीय दलका १७ संशोधन प्रस्ताव दर्ता भएका छन् ।

    सत्ता पक्षबाट कांग्रेसले ५, एमालेले ९, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

    प्रतिपक्षीबाट नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३÷१३ वटा, नेकपा (एकीकृत समाजवादी)ले ५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ तथा नेपाल मजदुर किसान पार्टीले एउटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

    सरकारलाई समर्थन नगरेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।  विधेयक संशोधनका लागि १० सामूहिक र ४२ एकल प्रस्ताव दर्ता भएका संघीय संसद् सचिवालयले जनाएको छ ।

     

    नेपाली कांग्रेसका सांसदहरूले ४ वटा सामूहिक संशोधन प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसदहरू दीलेन्द्रप्रसाद बडु, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाई, मैना कार्की, पुष्पबहादुर शाहले एउटा, सुशीला थिङ, रमा कोइराला पौड्याल, कल्पना चौधरी, सपना राजभण्डारीले दोस्रो, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा, सिता मिजारले तेस्रो र श्यामकुमार घिमिरे, मुक्ताकुमारी यादव र नागिना यादवले चौथो सामूहिक प्रस्ताव दर्ता गराएका हुन् ।

    एमालेका सांसदहरूले दुई सामूहिक प्रस्ताव दर्ता गराएका छन् । एमाले सांसदहरू रघुजी पन्त, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैह्रे पहिलो र महेश बस्नेत, अम्बर बहादुर रायमाझी, सराज अहमद फारुकी, प्रेमबहादुर महर्जनले दोस्रो सामूहिक प्रस्ताव दर्ता गराएका हुन् ।

    त्यस्तै नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा र नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसदहरूले एक एक वटा सामूहिक प्रस्ताव दर्ता गराएका छन् । माओवादीका सांसदहरू माधव सापकोटा र लेखनाथ दाहालले सामूहिक संशोधन प्रस्ताव दर्ता गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय लक्ष्मी तिवारी र विन्दवासिनी कांसकारले, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान, रोशन कार्की र विना लामाले तथा  नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र अम्मरबहादुर थापाले सामूहिक प्रस्ताव दर्ता गरेका हुन् ।

    एकलरूपमा कांग्रेसबाट एउटा, एमालेबाट ७, माओवादीबाट १२, रास्वपाबाट १२, एकीकृत समाजवादी पार्टीबाट ४ र राप्रपाबाट एउटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

    समग्रमा कांग्रेसका सांसदहरूले ५, एमाले सांसदहरूले ९, एकीकृत समाजवादी पार्टीका सांसदहरूले ५, माओवादी सांसदहरूले १३, रास्वपा सांसदहरूले १३, राप्रपाले २, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पाटी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक–एक वटा र एक स्वतन्त्र सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

    • संशोधन प्रस्ताव दर्ता गर्ने कांग्रेस सांसदहरू

    मैना कार्की, दीलेन्द्रप्रसाद बडु, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाई, मैना कार्की, पुष्पबहादुर शाह, सुशीला थिङ, रमा कोइराला पौड्याल, कल्पना चौधरी, सपना राजभण्डारी, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा, सिता मिजार, श्यामकुमार घिमिरे, मुक्ताकुमारी यादव र नागिना यादव

    • एकीकृत समाजवादीका सांसदहरू

    शेरबहादुर कुँवर, प्रकाश ज्वाला, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, भानुभक्त जोशी र अम्मरबहादुर थापा

    • एमाले सांसदहरू

    सूर्यबहादुर थापा,सुनिता बराल, रघुजी पन्त, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैह्रे, महेश बस्नेत, अम्बर बहादुर रायमाझी, सराज अहमद फारुकी, प्रेमबहादुर महर्जन, महेशकुमार बर्तौला, प्रेमबहादुर महर्जन, योगेशकुमार भट्टराई, पदम गिरी र अच्युतप्रसाद मैनाली

    • माओवादी केन्द्रका सांसदहरू

    जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, हितबहादुर तामाङ, रणेन्द्र बराली, छिरिङ डम्बुस लामा (भोटे), पूर्णबहादुर घर्ती, कल्पना मिँया कुसारी, माधव सापकोटा, लेखनाथ दाहाल, शक्तिबहादुर बस्नेत, नारायणी शर्मा, दुर्गा राई, गंगा कार्की, विमला सुवेदी

    • रास्वपाका सांसदहरू

    लक्ष्मी तिवारी, विन्दवासिनी कंशकार, प्रा.डा. चन्दा कार्की, सुमना श्रेष्ठ, विनिता कठायत, मनिष झा, स्वर्णिम वाग्ले, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, निशा डाँगी, अशोककुमार चौधरी, डा.तोसिमा कार्की, डोलप्रसाद अर्याल र शिशिर खनाल

    • राप्रपाका सांसदहरू 

    ध्रुवबहादुर प्रधान, रोशन कार्की, विना लामा र ज्ञानबहादुर शाही

    • जनमत – अब्दुल खान
    • लोसपा – रामप्रकाश चौधरी
    • जसपा – सुशीला श्रेष्ठ
    • नेपाल मजदुर किसान पार्टी – प्रेम सुवाल
    • स्वतन्त्र सांसद – अमरेशकुमार सिंह
    • अमरेशकुमार सिंह

    Police 1

    police 2

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑