• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वविद्यालयबाट निकालिएका नेपाली विद्यार्थीको आउजाउ खर्च किटले व्यहोर्ने

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०८१, बुधबार ११:१९
  • १२४९

    वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शङ्कास्पद अवस्थामा मृत भेटिएपछि विश्वविद्यालय प्रशासनले प्रभावित विद्यार्थीहरूको यात्रासम्बन्धी खर्च बेहोर्ने निर्णय गरेको छ ।

    नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्र मन्त्री आरजु राणाले शैक्षिक संस्थाका पदाधिकारीहरूसँग गरेको छलफलपछि उक्त निर्णय भएको हो । छात्रावास छोडेर नेपाल गएका विद्यार्थीहरूको नेपाल फर्कने टिकट खर्च विश्वविद्यालयले नै व्यहोर्ने तथा परीक्षामा छुट भएका विद्यार्थीहरूका लागि पुनः परीक्षा सञ्चालन गरिने प्रतिबद्धता विश्वविद्यालयले जनाएको छ ।

    घटनाको अनुसन्धान तथा आवश्यक जानकारी सङ्कलन गर्न नेपाली दूतावासका प्रतिनिधिहरू ओडिशा पुगेर नेपाली विद्यार्थीहरू र विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल गरिरहेका छन् । छलफलका क्रममा परराष्ट्र मन्त्री आरजु राणाले विश्वविद्यालयका उच्च पदाधिकारीहरूसँग टेलिफोन वार्ता समेत गरेकी छन् ।

    यसैबिच, मङ्गलवार दिउँसो भारतीय प्रहरीले घटनासँग जोडिएका थप व्यक्तिहरूलाई पक्राउ गरेको छ । यसअघि पक्राउ परेका प्रकृतिका पूर्व प्रेमी अद्विक श्रीवास्तवका अतिरिक्त मङ्गलवार विश्वविद्यालयका एक भारतीय विद्यार्थी, तीन निर्देशक र दुई सुरक्षा गार्डलाई समेत नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

    ओडिशा सरकारले यस घटनाको छानबिनका लागि गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव तथा उच्च शिक्षा विभागका सह–सचिवसहितको उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ । भारतीय सरकारले गठन गरेको समितिले तयार पार्ने प्रतिवेदनका आधारमा कानुनी तथा प्रशासनिक कारबाही गरिने बताइएको छ ।

    गत फेब्रुअरी १६ को साँझ बीटेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालको शव विश्वविद्यालयको होस्टेलमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको भनिए पनि नेपाली विद्यार्थीहरूले घटनामा अन्य कारणहरू रहेको भन्दै विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

    विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूले प्रकृतिलाई लगातार एक भारतीय विद्यार्थीले दुर्व्यवहार गरिरहेको आरोप लगाउँदै विश्वविद्यालय प्रशासनले समयमै आवश्यक कारबाही नगरेको गुनासो गरेका छन् । मृतक विद्यार्थीका परिवारले समेत छानबिनमा निष्पक्षता अपनाउन माग गरेका छन् ।

    प्रहरीले प्रकृतिका भाइ नाता पर्ने सोही विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीको उजुरीका आधारमा आत्महत्या गर्न बाध्य पारेको अभियोगमा एक भारतीय विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरेको छ । साथै, विश्वविद्यालय प्रशासनले घटनाका दोषीलाई कारबाही गर्न नसकेको भन्दै विभिन्न विद्यार्थी सङ्गठनहरूले थप विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑