• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ, सेवाग्राहीको सास्ती कायम

  • वीरगंज संजाल
  • ७ फाल्गुन २०८१, बुधबार १०:५६
  • १०२१

    वीरगञ्ज । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्मार्ट कार्ड बनाएर वितरण थालेको लामो समय बितिसक्दा पनि सेवाग्राहीले सहज रूपमा प्राप्त गर्न सकेका छैनन्। तीन वर्षभन्दा बढी समयदेखि लाइसेन्सको पर्खाइमा बसेका नागरिकले विभिन्न बहानामा ढिलाइ सहनुपरेको गुनासो गरिरहेका छन्।

    स्मार्ट कार्ड लागू भएको करिब एक दशक पुग्न लाग्दा पनि सेवाग्राहीलाई सहज रूपमा वितरण हुन नसकेको गुनासो बढ्दो छ। कहिले प्रिन्टर बिग्रिएको, कहिले कार्ड अभाव, कहिले मसीको अभाव, त कहिले भार क्षमताका कारण वितरण प्रक्रिया अवरुद्ध हुने जस्ता समस्याले सेवाग्राहीले समयमै लाइसेन्स पाउन सकेका छैनन्। हालसम्म करिब २० लाख उत्तीर्ण सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन्।

    सरकारले प्रदेशस्तरबाट स्मार्ट कार्ड वितरण गर्ने नीति दुई वर्षअघि ल्याएको थियो। तर, प्रदेश सरकारले आवश्यक प्रिन्टर मेशिन खरिद तथा वितरणको काम अघि बढाउन सकेको छैन। कर्मचारी अभाव र बजेटको सीमितताका कारण प्रदेशस्तरमा यो कार्य प्रभावकारी हुन नसकेको हो। संघीय सरकारले पनि स्मार्ट कार्ड व्यवस्थापनमा खासै चासो नदेखाएको सेवाग्राहीको आरोप छ।

    हाल लिखित परीक्षा, ट्रायल परीक्षा पास गरेर राजस्व तिरेका नागरिकहरू लाइसेन्सका लागि भौतारिन बाध्य छन्। नागरिक एपमा सवारी चालक अनुमतिपत्र अपलोड गर्न सकिने भए पनि सबै सेवाग्राहीले एप प्रयोग नगर्ने हुँदा धेरैले यातायात कार्यालयले दिएको भर्पाइ पुर्जीमै भर पर्नु परेको छ।

    विदेश जाने सेवाग्राहीका लागि भने तीन दिनमै स्मार्ट लाइसेन्स उपलब्ध गराउने व्यवस्था छ। राहदानी, भिसा र टिकट देखाएर आवेदन दिने विदेशी यात्रुहरूले छिट्टै लाइसेन्स प्राप्त गरे पनि अन्य सेवाग्राही भने तीन वर्षदेखि लाइसेन्स कुर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्छन्।

    वीरगञ्ज स्थित यातायात व्यवस्था कार्यालय बाट अढाई वर्षदेखि कुनै पनि स्मार्ट लाइसेन्स वितरण भएको छैन। सेवाग्राहीको चाप उच्च भए पनि कार्यालयले वितरण प्रक्रिया अघि बढाउन नसक्दा धेरैले सास्ती खेप्नु परिरहेको छ। यातायात व्यवस्था विभागले पटक–पटक आश्वासन दिए पनि स्थिति जस्ताको तस्तै रहेको गुनासो सेवाग्राहीको छ।

    मधेस प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र वितरणलाई व्यवस्थित गर्न वीरगंज, जनकपुरधाम, र लहान गरी तीन स्थानबाट लाइसेन्स वितरण गर्दै आएको थियो। चापलाई कम गर्न प्रदेशका आठवटै जिल्लामा यातायात कार्यालय स्थापना गरी सेवाग्राहीलाई थप सहज बनाउन प्रयास गरिएको छ।

    तर, उत्तीर्ण भइसकेका सेवाग्राही वर्षौंसम्म लाइसेन्स नपाउँदा समस्या झन् जटिल बन्दै गएको छ। स्मार्ट लाइसेन्सको व्यवस्थापनलाई सुधार नगरे सेवाग्राहीको समस्याले अझै लामो समय निरन्तरता पाउने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑