• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

  • वीरगंज संजाल
  • ४ फाल्गुन २०८१, आईतवार १२:१३
  • ७५७

    वीरगंज | लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।

    उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

    ‘‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले उत्पादन रोकिएको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।”

    “अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख आचार्यले भने, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ ।” जसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइ नै हाल्यो, उनले भने।

    उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थको समस्या छ । ‘‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चापदार्थ कोइलाको आवश्यक पर्छ”, उनले भने, ‘‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइ नसकेकाले तत्काल कोइला आउने सम्भावना छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन”, उनले भने ।

    विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।

    ‘‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ”, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौँ, त्यसमा मेकेनिकहरु लगिरहनुभएको छ, धेरै काम सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।” त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

    एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑