वीरगञ्ज । आज नेपाली बजारमा सुनको मूल्य उच्च घटेको छ ।
साताको पहिलो दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो ।
अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रवार छापावाला सुन तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाला सुन १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रवार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।