• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालमा चिकित्सक अभाव, काजमा गएकाहरू फिर्ता नहुँदा सेवा प्रभावित

  • वीरगंज संजाल
  • २ फाल्गुन २०८१, शुक्रबार ११:३७
  • ८३७

    वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अन्य अस्पतालमा काजमा गई कार्यरत रहेकाले सेवा प्रवाहमा गम्भीर असर परेको छ। अस्पताल प्रशासनका अनुसार हालसम्म ३४ जना चिकित्सक तथा स्वास्थ्यकर्मी काजमा गएर अन्य अस्पतालमा कार्यरत छन्, तर स्वास्थ्य मन्त्रालयले उनीहरूलाई फिर्ता पठाउन आनाकानी गरिरहेको छ।

    नारायणी अस्पतालमा रेडियोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, नेफ्रोलोजिस्ट, डेन्टल सर्जन, छालारोग विशेषज्ञ, ईएनटी सर्जन, ट्रपिकल फिजिसियन, एनेस्थेसियोलोजिस्ट लगायतका विशेषज्ञ चिकित्सकहरूको अभावले बिरामीहरू मर्कामा परेका छन्। अस्पतालमा बिरामीहरूको चाप बढ्दो भए पनि आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ।

    हाल रेडियोलोजिस्ट डा. पुष्पराज अधिकारी बिरामी बिदामा रहेका छन् भने अर्का रेडियोलोजिस्ट डा. दिवस सापकोटा भरतपुर अस्पतालमा काजमा छन्। ग्यास्ट्रोलोजिस्ट डा. अरुण ज्ञवाली लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा, नेफ्रोलोजिस्ट डा. नीरज ढकाल वीर अस्पतालमा तथा डेन्टल सर्जन डा. वर्षा थापा लुम्बिनी प्रदेशमा काजमा छन्। यसैगरी, छालारोग विशेषज्ञ डा. आनन्द नेपाल पोखरा क्षेत्रीय अस्पतालमा, अर्थोपेडिक सर्जन डा. भरतबहादुर खत्री अज्ञात स्थानमा तथा ईएनटी सर्जन डा. सोनिकाधारी श्रेष्ठ वीर अस्पतालमा कार्यरत छन्।

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार मन्त्रालयलाई काजमा गएका चिकित्सकहरूलाई फिर्ता पठाउन पटक–पटक अनुरोध गरिएको छ, तर हालसम्म कुनै पहल भएको छैन। उनले आवश्यक चिकित्सकका लागि दुई पटक आवेदन आह्वान गरिए पनि चिकित्सकहरूले चासो नदेखाएको बताए।

    अस्पताल प्रशासनले चिकित्सक अभावका कारण सेवाग्राहीलाई असर परेको बताउँदै स्वास्थ्य मन्त्रालय र स्थानीय जनप्रतिनिधिहरूलाई शीघ्र समाधानका लागि पहल गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    नियमित हस्तमैथुन गर्ने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    News

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑