वीरगञ्ज । ३०औँ जनयुद्ध दिवसको अवसरमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पचगावामा तथा वीरगञ्जमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
सखुवा प्रसौनीमा आयोजित कार्यक्रम नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलीको प्रमुख आतिथ्ययतामा तथा मधेस मुक्ति मोर्चा पर्साका संयोजक विद्या सागर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै वीरगञ्जमा योङ कम्युनिस्ट लिग (वाइसीएल) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सन्तोष पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य शेख चाँद तारालगायत नेताहरूको उपस्थिति कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका वक्ताहरूले जनयुद्धले ल्याएका परिवर्तन, प्राप्त उपलब्धिहरू र त्यसका मूल्य-मान्यताहरूको चर्चा गर्दै जनयुद्धका सपनाहरू पूरा गर्न जनताको सङ्गठित भूमिका अपरिहार्य रहेको धारणा राखेका थिए । साथै, उनीहरूले दिवङ्गत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्धको ऐतिहासिक महत्वलाई स्मरण गरेका थिए ।