वीरगञ्ज । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधवार सुन एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । महासङ्घको अनुसार आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ५ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।