आज:
  • होमपेज / Breaking News

    बडिमालिकाको धार्मिक यात्रामा आधारित वृत्तचित्र ‘जय श्री बडिमालिका’ सार्वजनिक

  • वीरगंज संजाल
  • २८ माघ २०८१, सोमबार १५:०९
  • १८४९

    वीरगन्ज । राजन पासाकाे “जय श्री बडिमालिका” सार्वजनिक काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व समेटेर निर्माण गरिएको वृत्तचित्र– “जय श्री बडिमालिका” सार्वजनिक भएकाे छ ।

    शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर वृत्तचित्र सार्वजनिक भएकाे हो । वृत्तचित्रमा राजन बिनायक पासाले श्री बडीमालिका पूजाको १५ दिने सरकारी पेटारो लैजाने धार्मिक यात्रालाई मुख्य विषयवस्तुका आधारमा निमार्ण गरिएकाे हाे ।

    त्रिवि ग्रामीण विकास केन्द्रीय विभागबाट एमफिल तहको अनुसन्धानका शोधार्थी रोशनप्रसाद श्रेष्ठ र उप–प्राध्यापक डा. राजन विनायक पासाको संयुक्त पहलमा वृत्तचित्र निर्माण गरिएको थियो ।

    वृत्तचित्र प्रदर्शनको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तथा वृत्तचित्रका लेखक तथा निर्देशक समेत रहेका डा. पासाले कर्णाली र सुदूर पश्चिमको कनेक्सन क्षेत्र भएकोले बडीमालिका क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई प्रवद्र्दन गर्नुपर्ने आवश्यकता औँल्याए । बडिमालिकाको महत्वका बारेमा सतहीमात्र नभएर अनुसन्धानात्मक सामाग्रीको निर्माण गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको उनले जनाए । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडीमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्टी दिने खालको वृत्तचित्र निर्माण भएकोमा खुशी व्यक्त गरे ।

    डोटीमा जन्मेका श्रेष्ठले बाल्यकालमा श्री बडिमालिका मन्दिमा सरकारी पक्षले पेटारो लैजाने गरेको स्मरण गर्दै त्यसबारे विस्तृत अध्ययनका साथ वृत्तचित्र निर्माण गरेकोमा निर्माण पक्षलाई धन्यावाद ज्ञापन गरे । उनले सूदुरपश्चिम क्षेत्रको मात्र नभई सिंगो नेपालकै धार्मिक पर्यटन प्रवद्र्धनमा वृत्तचित्रले महत्त्वपूर्ण योगदान गर्न सक्ने बताउँदै सरकारी पक्षले यसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

    ग्रामीण पर्यटनविद् प्रेम शर्माले नेपालको नेचर र कल्चर अत्यन्त महत्वपुर्ण भएकोले त्यसलाई चिन्न देशव्यापी भ्रमण गर्नुपर्नेमा जोड दिए । यस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका प्रा.डा. भूषण श्रेष्ठले धार्मिक पर्यटनका क्षेत्रमा सूदुरपश्चिमवासीले आफ्नो तहबाट विशेष पहल गर्नुपर्ने धारणा राखे ।

    वृत्तचित्र निर्माणकर्ता शोधार्थी रोशनप्रसाद श्रेष्ठले आफ्नो शैक्षिक अध्ययनको क्रममा आफ्नो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सरकारी पेटारो लैजाने गत श्रावण २१ गतेदेखि भएको पन्ध्र दिने धार्मिक यात्रामा सहभागी भई प्रत्यक्ष अनुसन्धानबाट शोध कार्य गरेको र सो शोधकार्यको क्रममा गरिएको अनुभवलाई वृत्तचित्रमा उतारेको जनाए ।

    वृत्तचित्रका निर्माणकर्ता तथा निर्देशक उपप्राध्यापक डा. पासाले यसअघिपनि पर्यटन प्रवद्र्दनको उद्देश्यका साथ वृत्तचित्र निर्माण गर्दै आएका छन् । कार्यक्रमको सहजीकरण दुर्गाराज पाण्डेले गरेका थिए । यस वृत्तचित्र भाेलि मंगरबार दिउँसाे चारबजेपछि राजन बिनायक पासा युट्यूबबाट सार्वजनिक हुने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑