• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा एचपीभी खोप अभियान सुरु हुँदै, वीरगञ्जबाट औपचारिक शुभारम्भ गरिने

  • वीरगंज संजाल
  • २२ माघ २०८१, मंगलवार १०:५५
  • ७७७

    वीरगञ्ज । फेब्रुअरी ४, विश्व क्यान्सर दिवसको अवसर पारेर नेपाल सरकारले मुलुकभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आजदेखि सुरु भएर फागुन ६ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

    विद्यालय केन्द्रित रूपमा सञ्चालन हुने अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अभियान सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै आम नागरिकलाई अभियानमा जोडिन आग्रह गरेका छन् ।
    स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण सिंहका अनुसार, जिल्लाका १४ वटै स्थानीय तहमा ३८ हजार ५५७ किशोरीलाई एचपीभी खोप लगाइनेछ ।

    पर्सामा खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण माघ २२ देखि माघ २८ गतेसम्म वीरगञ्ज महानगरपालिका (वडा १–१६), पर्सागढी, पोखरिया, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुरमा सञ्चालन हुनेछ । दोस्रो चरण माघ ३० देखि फागुन ६ सम्म वीरगञ्ज महानगरपालिका (वडा १७–३२), बहुदरमाई, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकामा सञ्चालन गरिने डा. सिंहले बताए ।

    वीरगञ्जबाट अभियानको औपचारिक शुभारम्भ

    पर्सा जिल्लामा एचपीभी खोप अभियानको औपचारिक शुभारम्भ आज बिहान वीरगञ्ज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयबाट गरिने जनाइएको छ ।

    स्वास्थ्य कार्यालय पर्साका अनुसार, वीरगञ्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखासँगको समन्वयमा बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य अधिकारीहरू तथा विद्यालयका शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहने छ ।

    देशभर १८ हजार विद्यालय केन्द्र, हजारौँ स्वास्थ्यकर्मी परिचालन

    स्वास्थ्य सेवा विभागका अनुसार, खोप अभियान सफल बनाउन १८ हजार ९०० विद्यालय केन्द्र र ८२०० अन्य खोप केन्द्र स्थापना गरिएका छन् । २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १६० स्वयंसेवक र १५ हजार ६७४ सुपरिवेक्षक परिचालन गरिएका छन् ।

    ‘खोप सुरक्षित र प्रभावकारी, निर्धक्क भएर लगाउनुस्’

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्ति अग्रवालका अनुसार, पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) हो, जसले ९० प्रतिशतभन्दा बढी क्यान्सर उत्पन्न गर्छ । विश्वमा सफल परीक्षण भइसकेको यो खोप सुरक्षित र प्रभावकारी रहेको उनले बताइन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ को तथ्याङ्क अनुसार हरेक वर्ष नेपालमा २१६९ महिलालाई यो क्यान्सर हुने र १३१३ महिलाको ज्यान जाने गरेको छ ।

    एचपीभी खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले निर्धक्क भएर लगाउन मन्त्रालयले आग्रह गरेको छ । डा. बुढाथोकी भन्छन्, ‘यो खोप विश्वका १४५ भन्दा बढी देशमा प्रयोग भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारबाट स्वीकृत भएकाले ढुक्क भएर लगाउन आग्रह गर्दछौँ ।’

    नेपाल सरकारले सन् २०३० भित्र क्यान्सर निवारणको लक्ष्य लिएको छ। यस अन्तर्गत १५ वर्षसम्मका ९० प्रतिशत किशोरीलाई पूर्ण रूपमा एचपीभी खोप लगाउने, ७० प्रतिशत महिलालाई ३५ र ४५ वर्षसम्ममा क्यान्सर परीक्षण गरिसक्ने तथा ९० प्रतिशत सङ्क्रमित महिलाको उपचार गर्ने योजना रहेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, खोप लगाएपछि केही सामान्य असरहरू— सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, वा ज्वरो आउने हुन सक्छ, तर ती प्रभाव केही दिनमै हट्ने भएकाले चिन्ता लिनु नपर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑