आज:
  • होमपेज / Breaking News

    वीरगञ्जका दुई युवाको गायन रियालिटी शोमा सफलता

  • वीरगंज संजाल
  • २० माघ २०८१, आईतवार ११:१०
  • १६३७

    वीरगंज | वीरगञ्जका दुई युवा सुमित श्रीवास्तव र सिद्धान्त सहनी गायन रियालिटी शोमा उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा छनौट भएका छन्। सुमित श्रीवास्तव ‘सिङ्गिङ स्टार नेपाल’ सिजन २ मा र सिद्धान्त सहनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ मा छानिएका हुन्।

    सुमित श्रीवास्तवले ‘सिङ्गिङ स्टार नेपाल’ सिजन २ को दोस्रो चरणमा स्थान पाएका छन्। उनले उदित नारायण झा र दीप नारायण झाको ‘ए मेरो हजुर’ गीत गाएर निर्णायकहरूलाई प्रभावित गरेका थिए। उनका प्रस्तुति पछि तीनै निर्णायक अर्जुन पोखरेल, डा. तृषला गुरुङ र सनुप पौडेलले उनलाई अर्को चरणमा छनौट गरेका थिए। सुमितको गायन यात्रा बाल्यकालदेखि नै शुरू भएको हो र उनले वीरगञ्जका विभिन्न सांगीतिक प्रतियोगितामा भाग लिँदै आफ्नो पहिचान बनाएका थिए। रियालिटी शोमा छनौट भएपछि उनले दर्शकको माया र साथले आफूलाई थप हौसला मिल्ने प्रतिक्रिया दिएका छन्।

    सिद्धान्त सहनीले ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को ब्लाइन्ड अडिसनमा धमाकेदार प्रस्तुति दिएका थिए। उनले पुष्पन प्रधानको ‘बाबुको जुँगो बन्धकी राखेर’ गीत गाएर निर्णायकहरूलाई चकित पारे। कोच मेलिना राई सबैभन्दा पहिले प्रभावित भइन् र आफ्नो कुर्सी घुमाइन्, पछि उदय सोताङ र खेम सेञ्चुरीले पनि उनलाई टिममा समावेश गर्न इच्छुक देखाए। अन्ततः उनले उदय सोताङको टिम रोजे।

    वीरगञ्जका यी दुई युवाका सफलता देखेर स्थानियवासी उत्साहित छन्। भोजपुरी समाज नेपालका अध्यक्ष ध्रुवसिंह ठकुरीका अनुसार, यसले वीरगञ्जको सांगीतिक पहिचानलाई अझ बलियो बनाएको छ।

    सिद्धान्त र सुमितका सफलताले वीरगञ्जका अन्य युवा संगीतप्रेमीहरूलाई पनि प्रेरणा दिएको छ। विशेषगरी, वीरगञ्जबाट संगीत रियालिटी शोमा सहभागिता जनाउने यो पहिलो पटक भने होइन। यसअघि, नेपाल आईडल र द भ्वाइस अफ नेपालमा वीरगञ्जका झुमक ब्याण्डका विवेक परियारले समेत उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले उपाधि जित्न नसकेपनि निर्णायक र दर्शकहरूको मन जित्न सफल भएका थिए।

    सिद्धान्त र सुमितको सफलता मात्र वीरगञ्जको पहिचानलाई थप उचाइमा पुर्‍याएको छैन, बरु यसले अन्य युवाहरूलाई पनि आफ्नो कला र प्रतिभा प्रकट गर्न प्रोत्साहित गरेको छ। आगामी चरणमा यी दुईको प्रदर्शन कस्तो हुने हो भन्ने कुरा दर्शकहरूमा निकै उत्सुकता र चासोको विषय बनेको छ।

    वीरगञ्जका यी दुई युवा गायकहरूको यात्रा अगाडि बढ्दै जाँदा यस क्षेत्रका संगीतप्रेमीहरूको समर्थन र माया उनीहरूको सफलता पथमा महत्त्वपूर्ण भूमिका खेल्ने छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑