पर्सा । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत आज जगरनाथपुर गाउँपालिका–२, लक्ष्मीपुरमा ११औं निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा उत्साहजनक सहभागिता देखिएको छ, जसअन्तर्गत १७६ जना महिला तथा पुरुषले आँखा परीक्षण गराएका छन्।
शिविरमा परीक्षण गरिएका मध्ये ६३ जनामा मोतिबिन्दु रोग पत्ता लागेको छ। उनीहरूको शल्यक्रिया वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क रूपमा गरिने छ।
जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जनताको स्वास्थ्य सुधारका लागि पार्टीले विभिन्न सामाजिक अभियानलाई निरन्तरता दिने बताए। यो अभियानबाट हालसम्म १,२६३ भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भइसकेका छन् भने ३०० भन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ।
आजको शिविरको संयोजन पार्टीका नेता तथा सामाजिक अभियन्ता बृजेश्वर प्रसाद चौधरिले गरेका थिए। साथै, प्राविधिक टोली र स्वयंसेवकहरूको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिएको छ।
जनमत पार्टीले गाउँदेखि सहरसम्म निःशुल्क स्वास्थ्य सेवा पुर्याउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जनाएको छन ।