आज:
  • होमपेज / Breaking News

    वीरगञ्जसहित पर्साका १४ पालिकामा एचपीभी खोप अभियान माघ २२ गतेदेखि सुरु हुँदै

  • वीरगंज संजाल
  • १६ माघ २०८१, बुधबार १२:५९
  • ११३७

    वीरगञ्ज । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्रभावकारी मानिएको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान पर्सा जिल्लामा माघ २२ गतेदेखि सुरु हुने भएको छ ।

    स्वास्थ्य कार्यालय पर्साका अनुसार, फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिकाका ३८ हजार ५५७ बालिका तथा किशोरीलाई खोप लगाइनेछ ।

    विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरिएको छ । खोप पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक मानिएको एचपीभी भाइरसको सङ्क्रमण रोक्नका लागि दिइने भएकाले विशेष रूपमा किशोरी उमेर समूहमा यसको प्रभावकारिता उच्च हुने चिकित्सकहरूको भनाइ छ ।

    अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ देखि १६ सम्म, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुर गाउँपालिकाका बालिकाहरूलाई खोप प्रदान गरिनेछ ।

    दोस्रो चरण माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ, जसमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म, बहुदरमाई नगरपालिका, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकाका लक्षित उमेर समूहका बालिकाहरूलाई खोप लगाइनेछ ।

    जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा खोप केन्द्र स्थापना गरिनेछ भने खोप अभियानको अन्तिम दिन फागुन ६ गते छुटेका बालिकाहरूका लागि वडा स्तरीय स्वास्थ्य संस्थाहरूमा खोप उपलब्ध गराइनेछ ।

    स्वास्थ्य तथा चिकित्सा विज्ञहरूका अनुसार, नेपालमा हरेक वर्ष २,१६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ, जसमा १,३१३ जनाले ज्यान गुमाउने गरेका छन् । नेपालमा औसत रूपमा दैनिक चार महिलाको मृत्यु यसै रोगका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक छ । पाठेघरको मुखको क्यान्सर मुख्य रूपमा यौन सङ्क्रामक एचपीभी भाइरसको सङ्क्रमणका कारण हुने भएकाले किशोरी उमेरमै खोप लगाउन सकेमा भविष्यमा क्यान्सरको जोखिम न्यून गर्न सकिन्छ ।

    नेपालमा यसअघि पनि विभिन्न स्थानमा एचपीभी खोप अभियान सञ्चालन भएका थिए। गत वर्ष मात्र नारायणी अस्पतालमार्फत १,६८० किशोरीले एचपीभी खोप लगाएका थिए ।

    यस वर्ष पर्सा जिल्लामा सञ्चालन हुन लागेको एचपीभी खोप अभियानलाई सफल बनाउन वीरगञ्ज महानगरपालिका, स्वास्थ्य कार्यालय पर्सा तथा स्थानीय तहका विभिन्न निकायहरूले सहकार्य गरिरहेका छन् । स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय प्रशासन, वडाध्यक्ष तथा अभिभावकहरूलाई यो अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ । वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै १६ हजार ९४७ बालिकालाई खोप लगाइने योजना रहेको छ ।

    स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण साहले खोप अभियानलाई प्रभावकारी बनाउन विद्यालय, समुदाय र स्थानीय सरकारको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

    अभियान नेपालमा पाठेघरको मुखको क्यान्सर नियन्त्रण तथा रोकथामका लागि महत्त्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ । एचपीभी खोप निःशुल्क प्रदान गरिने भएकाले लक्षित उमेर समूहका बालिका तथा किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउनुपर्ने स्वास्थ्य विशेषज्ञहरूको सुझाव छ ।

    स्वास्थ्य तथा शिक्षा क्षेत्रका विभिन्न निकायहरूको समन्वयमा सञ्चालन हुने यस अभियानले क्यान्सर जस्तो गम्भीर रोगको रोकथाममा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑