वीरगञ्ज । सुनको मूल्य बुधवार तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो ।
अघिल्लो छापावाल सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यसै गरी चाँदीको मूल्य पनि बढेको छ ।
मङ्गलवार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।